पत्रकार उपाध्यायलाई सञ्चार गृह पत्रकारिता सम्मान

Published on

काठमाडौं । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले पश्चिम टुडे दैनिकका प्रधान सम्पादक दीर्घराज उपाध्यायलाई सञ्चार गृह पत्रकारिता सम्मान प्रदान गरेको छ ।

पत्रकार उपाध्यायलाई सुदूर पश्चिमको पत्रकारिताको विकासका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि निर्बाह गरेको योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघ सुदूर पश्चिम प्रदेश समितिले शुक्रवार धनगढीमा आफ्नो तेस्रो अधिबेशन तथा चौथौ साधारण सभामा सो सम्मान गरेको हो । सूदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पत्रकार उपाध्यायलाई कदरपत्र र दोसल्लासहित सम्मान गर्नुभयो । प्रतिकूल आर्थिक अवस्थाका बाबजुद रंगिन दैनिक पत्रिका, एफएम रेडियो र अनलाइन सञ्चालन गरेर सुदूरपश्चिममा व्यावसायिक पत्रकारिताको विकासका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न यहाँले निर्बाह गर्नुभएको योगदानको सम्मान गर्दै, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको २०८१ जेठ ११ गते धनगढीमा आयोजित तेस्रो अधिबेशन तथा चौथो साधारण सभाको अवसरमा यो सञ्चार गृह पत्रकारिता सम्मान अर्पण गरिएको छ, मुख्यमन्त्री दीर्घ सोडारी, महासंघका अध्यक्ष योगेश रावल र महासचिव रामसिंह ठगुन्नाद्वारा हस्ताक्षरित सम्मानपत्रमा उल्लेख छ ।

अढाइ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय उपाध्यायको नेतृत्वमा सुदूरपश्चिमको एक मात्र ब्रोडसीट रंगिन दैनिक पत्रिका पश्चिम टुडे , एक हजार वाट क्षमताको रेडियो पश्चिम टुडे र पश्चिम टुडे अनलाइन न्यूज पोर्टल सञ्चालनमा छ । उपाध्याय नेपाल पत्रकार महासंघ कैलाली र सामुदायीक रेडियो प्रसारक सुदूरपश्चिम प्रदेश समितिका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समितिले साधारण सभामा पत्रकार सिद्धराज भट्ट, पत्रकार अर्जुन शाह, राजेन्द्र नाथ, निमेन्द्र शाही, हेमन्ती चौधरी, कर्ण शाह र सुदूरपश्चिमका सर्बाधिक रक्तदाता पत्रकार दीपक उपाध्यायलाई समेत सम्मानित गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौं । श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली...

छ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

काठमाडौं । करिब छ वर्षपछि उत्तर कोरिया र चीनबीचको रेल सेवा पुनः सञ्चालनमा आएको...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौं । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री...