संसदलाई विधिसङ्गत रुपमा छलफलको केन्द्र बनाऔँ : सभामुख घिमिरे

Published on

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे संसदलाई विधिसङ्गत रुपमा छलफलको केन्द्र बनाउनुपर्ने बताउनुभएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले उठेर विरोध जनाए पश्चात संसदमा बोल्नुहुँदै सभामुखले यस्तो आग्रह गर्नुभएको हो । सभामुख घिमिरेले संसद विधिसङ्गत रुपमा सञ्चालन गर्न सत्ता र प्रतिपक्ष दुवैले छलफलको केन्द्र बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले प्रतिपक्ष दलको मागलाई सम्बोधन गर्न कार्यदल बनेको भन्दै सहकारी समस्या समाधान गर्नका लागि बनेको कार्यदललाई सहयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले संसदको कार्यभार पूरा गर्ने दायित्व सबैको भएको भन्दै सभा सञ्चालनमा सहयोग गर्नु आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘सहकारी समस्या समाधान गर्नका लागि कार्यदललाई सहयोग पुर्‍याउनु हुनेछ । संसदले पूरा गर्नुपर्ने राष्ट्रका लागि यो अधिवेशनमा गर्नुपर्ने काममा सहयोग पुर्‍याउनुहुनेछ भन्ने अपेक्षा गरेको छु । संसदलाई विधिसङ्गत ढङगबाट छलफलको केन्द्र बनाऔं । त्यही अनुसार जानको लागि सम्पूर्ण माननिय सदस्यहरुलाई अनुरोध गर्दछु । सभामुखले बारम्बार आग्रह गर्दा पनि बैठक अगाडि बढ्न नसकेपछि आजका सम्पूर्ण कार्यसूचि हटाउँदै जेठ १३ गते आइतबार ११ बजे बैठक बस्नेगरी स्थगित गर्नुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...