वन भित्र अनावश्यक संरचना निर्माण नगर्न निर्देशन

Published on

काठमाडौं । बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेलले वन भित्र अनावश्यक संरचना निर्माण नगर्न निर्देशन दिनुभएको छ । हेटौँडा–२ स्थित वनस्खण्डी मन्दिर परिसरमा निर्माण गरिएको खुल्ला व्यायमशालाको शनिबार समुद्घाटन गर्नुहुँदै वन भित्र अनावश्यक रुपमा सिमेन्टबाट बनेका संरचना निर्माण नगर्न आग्रह गर्नुभएको हो ।

प्राकृतिक सम्पदाको संरक्षण गर्दै वन तथा वातावरण क्षेत्रलाई जोगाउनेगरी मात्रै वनभित्र संरचना बन्नुपर्नेमा मन्त्रीको जोड थियो । संरचना बनाउने नाममा पुरातात्विक महत्वका संरचनालाई मास्नेभन्दा पनि संरक्षण गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रदेश सरकारको मन्त्री परिषद्ले गरेको निर्णय स्मरण गर्नुहुँदै प्रदेशमा बन्ने संरचनामा अब स्वदेशी काठ अनिवार्य गरिएको बताउनुभयो । उहाँले नेपालको जङ्गलमा काठहरु कुहिएर गइरहेको अवस्थामा विदेशबाट बार्षिक करिव १७ अर्बको काठ आयात भइरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो । वनस्खण्डी मन्दिर पर्यटन विकास समिति हेटौँडा २ को आयोजना एवम् बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आठ लाख ८९ हजार ४५१ रुपियाँ आर्थिक सहयोगमा व्यायमशाला निर्माण गरिएको हो । व्यायामशालाबाट सबैलाई लाभ लिन आग्रह गर्नुहुँदै मन्त्रीले अब जिवनशैली सुधार गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय अस्वस्थ खानपानका कारण मानिसहरुले धेरै रोगको सामना गर्नुपरेको बताउँदै प्राकृतिक खानपानमा अपनाउनुपर्ने उहाँको भनाइ छ । मान्छे स्वास्थ्य भएमात्रै राम्रोसँग काम गर्न सक्ने क्षमता हुने बताउँदै स्वास्थ्यलाइलाई विशेष ध्यान दिनुपर्ने उहाँको तर्क छ ।

प्रदेशको राजधानी हेटौँडा जोड्ने सडकहरु धमाधम निर्माण भइरहेको बताउँदै अबको एक वर्षभित्र हेटौँडा–काठमाडौँको यात्रा सहज हुने विश्वास व्यक्त गर्नुभयो । निर्माण व्यवस्थापन समिति अध्यक्ष देवकी केसीको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवाल र स्थानीयवासीको सहभागिता रहेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...