परम्परागत सिप सिक्दै विद्यार्थी

Published on

काठमाडौं । व्यास नगरपालिका–१०, बैरेनी, कुमालटारीस्थित चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले शिक्षाका साथै परम्परागत सिप सिक्न थालेका छन् । विषयगत शिक्षाका अलवा विद्यालयमा व्यावहारिक ज्ञान सिकाएर नयाँ पुस्तालाई पुरानो सिप र संस्कृतिबारे प्रशिक्षित गराउन थालिएको हो ।

सालको पातको दुनाटपरी, माटाका भाँडा, दियो, आरी, घैँटो, गाग्री, गमला, खुत्रुके बनाउने सिप सिकाउन थालिएको छ । विद्यालयका प्रधानाध्यापक आरसी पोख्रेलले आधुनिकतासँगै भित्रिएको नवीनतम प्रविधि, औजार उपकरणका कारण पुराना संस्कृतिलाई नेपाली समाजले बिर्संदै गएकाले यस्तो सिप सिकाउन थालिएको बताउनुभयो । पाठ्यव्रममा निर्धारित विषयका अलवा हाम्रो ग्रामीण जीवनको मूल आधारका रूपमा रहेको माटाका भाँडा, दुनाटपरी बनाउने सिप सिकाइरहेको पोख्रेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो व्यावहारिक ज्ञान दिने माध्यम मात्र होइन, नेपाल र नेपाली चिन्ने÷चिनाउने कडी पनि विद्यार्थीलाई सिकाएका हौ ।” सम्बन्धित सिप भएका पुराना शिक्षक विद्यालयमा भएकाले उनीहरूले विद्यार्थीलाई अतिरिक्त व्रिmयाकलाप अन्तर्गत यस्तो शिक्षा प्रदान गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

विद्यार्थीले ती सिप रुचिपूर्वक सिकिरहेका छन् । पुराना सिप नयाँ पुस्तालाई सिकाउन र संरक्षण गर्न विद्यार्थी सहयोगी हुने भएकाले यस्तो ज्ञान दिन थालिएको विद्यालयले जनाएको छ । कक्षा ९ का ४३ जना विद्यार्थीले दुनाटपरी र माटाका भाँडा बनाउने तालिम लिइरहेको प्रधानाध्यापक पोख्रेलले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...