चौंथो सिन्धुपाल्चोक तेक्वान्दो प्रतियोगितामा जाल्पा मावि विजयी

Published on

काठमाडौं । चौंथो सिन्धुपाल्चोक जिल्ला स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगितामा सुनकोशी गाउँपालिका–७ कोठेस्थित जाल्पा माध्यमिक विद्यालयका छात्रछात्रा प्रथम भएका छन् । सिन्धुपाल्चोक तेक्वान्दो एकेडेमीले २० स्वर्ण पदकका लागि जेठ ११ गतेबाट सञ्चालन गरेको प्रतियोगितामा २० वटा पदक प्राप्त गरी उक्त विद्यालयका विद्यार्थी प्रथम भएको छ ।

एकेडेमीका अध्यक्ष समेत रहेका राष्ट्रिय रेफ्री रोहिन्द्र विक्रम खड्काका अनुसार आठ स्वर्ण, नौ रजत, तीन कास्य पदकसहित जाल्पा मावि प्रथम, पाँच स्वर्ण, छ रजत, दुई कास्य पदकसहित सुकुटे तेक्वान्दो डोजाङ द्वितीय र दुई स्वर्ण, एक कास्य पदकसहित गणेश मावि तृतीय हुन सफल भएको जानकारी दिनुभयो । पुरुष उत्कृष्ट खेलाडीतर्फ जाल्पा माविका ३३ केजीतर्फ डेभिट पौडेल र महिला उत्कृष्ट खेलाडी ४३ केजीतर्फ जाल्पाकै अनुसा नेपालीले बेस्ट खेलाडीको उपाधी जित हाँसिल गरेका छन् । अन्तर्राष्ट्रिय निर्यायक मीन न्यौपाने नेतृत्वमा १२ जना रेफ्रीले प्रतियोगिता सञ्चालन गरेका थिए । आयोजक एकेडेमीका अध्यक्ष खड्काले जिल्लाभरका बालबालिकालाई तेक्वान्दो खेलमा आर्कषित गर्दे स्वास्थ, अुशासित बनाउदै तेक्वान्दो खेलमार्फत जिल्लालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा चिनाउन लागिरहेको बताउनुभयो । सो प्रतियोगितामा यमुनाडाँडा तेक्वान्दो डोजाङ९गणेश मावि०, जनजागृति मावि कालिका डोजाङ, बाघभैरव मावि डोजाङ, महेन्द्रकान्ति मावि डोजाङ, जाल्पा मावि डोजाङ, सदाबहार एकेडेमी, सुकुटे तेक्वान्दो डोजाङ, बलेफी तेक्वान्दो डोजाङ लगायतका डोजाङहरु सहभागी थिए । सो गेममा जाल्पा मावि सह–आयोजक रहेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...