सिद्धबाबा सुरुङमार्ग निर्माणले गति लिँदै

Published on

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्ग निर्माण कार्यलाई तीव्रता दिन निर्माणस्थलमा विस्फोट गराउने तयारी गरिएको छ ।

जिल्ला सुरक्षा समिति पाल्पा र रुपन्देहीको बैठकले जेठ १३ देखि विस्फोटको काम गरेर सुरुङमार्ग निर्माणलाई तीव्रता दिइने जनाएको छ । निर्माणको जिम्मा पाएको चाइना स्टेट इन्जिनियरिङ कम्पनीले नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा आवश्यकता अनुसार विस्फोट गराउने स्वीकृति मागेको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो । विस्फोटका समयमा सीमित अवधिका लागि सिद्धार्थ राजमार्गमा सवारी आवागमन बन्द हुने उहाँले बताउनुभयो । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रमा शुक्रबार र शनिबार नेपाली सेनासहितको टोलीले विस्फोटको पूर्वाभ्याससमेत गरेको थियो । पाँच वर्षमा निर्माण सम्पन्न गर्ने गरी सुरु भएको सुरुङमार्गको हालसम्म ११.४१ प्रतिशत भौतिक र १७.५ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले जानकारी दिनुभयो ।

मुख्य टनेलको ८५.७ मिटर खन्ने काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । मुख्य टनेलको उत्तरतर्फ ३४ मिटर र दक्षिणतर्फ ४८ मिटर सुरुङ खनिएको छ । पहिलो बाइपासको २३ मिटर, दोस्रो र तेस्रो बाइपासको १५\१५ मिटर सुरुङ खनिएको सूचना अधिकारी ज्ञवालीले जानकारी दिनुभयो । डेढ वर्षअघि २०७९ फागुनदेखि नै सुरुङमार्ग निर्माणको काम सुरु भए पनि गएको बर्सातमा सुरुङमार्गको ढोकामाथिबाट पहिरो खसेपछि चार महिना काम रोकिएको थियो । हाल रातको समयमा पनि काम भएकाले निर्माण कार्यले गति लिएको छ । सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सात अर्ब ३४ करोड रुपियाँमा सम्झौता भएको छ । सम्झौता अनुसार एक हजार १२६ मिटर लम्बाइको सुरुङमार्ग बन्ने छ । सुरुङमार्ग बनेपछि यस क्षेत्रमा खस्ने पहिरो रोकिने विश्वास गरिएको छ । सुरुङ बनेपछि सिद्धार्थ राजमार्ग हुँदै पाल्पा, गुल्मी, स्याङ्जा, रुपन्देही, अर्घाखाँची, बागलुङलगायतका जिल्लामा आवतजावत गर्न सहज हुने विश्वास गरिएको छ । सिद्धबाबा क्षेत्रको जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रक सेड, स्लोप प्रोटेक्सनलगायतका प्रविधिमार्फत साढे दुई किलोमिटर सडक सुरक्षित बनाउने सम्झौता भएको आयोजनाका प्रमुख रामपुकार जैसवालले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...