नारायणगढ-मुग्लिन सडकमा पहिरो, एकको मृत्यु

Published on

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिक पहिरो खसेर मेसिन अपरेटरको मृत्यु भएको छ । आइतबार बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनी एएनकेको मेसिन माथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्दिया गेडुवा गाउँपालिका(४ घर भएका ३८ वर्षीय मंगल चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । इच्छाकामना गाउँपालिका(५ मा पर्ने तुइन खोलामा पुल निर्माण भइरहेको स्थानमा पहाड काट्ने क्रममा आइतबार बिहान ९ बजे बा २ क ६८५१ नम्बरको स्काभेटर माथि ढुंगासहितको पहिरो खस्दा गम्भिर घाइते चौधरीको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको थियो। गोरखापत्र

ताजा समाचार

काठमाडौँ उपत्यकामा चहलपहल बढ्दै

काठमाडौँ – काठमाडौँ उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन आजबाट पुनः बढ्न...

वीपी राजमार्गमा भोलिदेखि अनुमति प्राप्त सवारी साधनहरु चल्ने

काभ्रे- वीपी राजमार्गमा भोलिदेखि अनुमति प्राप्त सवारी साधनहरु चल्ने भएका छन् । बीपी राजमार्गमा ट्र्याक निर्माण...

भारतीय वन रक्षकबाट गोली प्रहार, चार नेपाली घाइते

बर्दिया । भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर चार नेपाली घाइते भएका...

कांग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री डा। शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई...