सरकार पेलेरै जान्छ भने चुनौती सामना गर्न काँग्रेस तयार छ : नेता सिटौला

Published on

काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिपक्षले जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए काँग्रेस चुनौती सामना गर्न तयार रहेको बताउनुभएको छ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सरकारले जनताको हितमा काम गर्नुपर्ने र प्रतिपक्षले जनताका आवाज उठाउनुपर्ने बताउनुभयो। उहाँले प्रतिपक्षले जनतालाई संविधानले दिएको अधिकारको कुरा संसदमा निरन्तर उठाउनुपर्ने बताउनुभयो। उहाँले काँग्रेससहितका प्रतिपक्ष दलले संसदमा उठाएका आवाजलाई सरकारले बेवास्ता गरे उक्त प्रवृत्तिलाई सामना गर्न काँग्रेस तयार रहेको बताउनुभयो। सरकार पेलेर जाने हो भने काँग्रेस सहेर नबस्ने चेतावनी दिनुभयो। उहाँले काँग्रेसले आफू मात्रै अन्याय भएको महसुस नगरेको भन्दै आम जनतामा अन्याय भएको कुरा काँग्रेसले उठाएको बताउनुभयो। नेता सिटौलाले प्रदेश सरकारलाई संविधानले दिएको अधिकार कार्यान्वयन गर्न कानुन नै बन्न नसकेको बताउनुभयो। उहाँले कानुन सङ्घीय संसद् बनाउनुपर्ने भए पनि प्रदेश लक्षित बन्न नसकेको बताउनुभयो।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...