कोलकाता आइपिएल च्याम्पियन

Published on

काठमाडौं । कोलकाता नाइट राइडर्स आइतबार सनराइजर्स हैदरावादलाई एकपक्षीय फाइनलमा आठ विकेटले हराएर इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन बनेको छ । कोलकाताले तेस्रो पटक आइपिएलको उपाधि जितेको हो । कोलकाता सन् २०१२ र २०१४ मा पनि च्याम्पियन बनेको थियो । सन् २०१६ को च्याम्पियन सनराइजर्स हैदरावादले भने दोस्रो उपाधि जित्न सकेन । दुई महिना चलेको प्रतियोगिताको समूह चरणमा मात्र तीन खेल हारेर शीर्ष स्थान बनाएको कोलकाताले पहिलो क्वालिफायरमा हैदरावादलाई नै हराएर कोलकाता फाइनलमा पुगेको हो । शीर्ष दुई स्थानमा रहेर अगाडि बढेको हैदरावादले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई हराएर फाइनलमा स्थान बनाएको थियो । कोलकाताले उपाधि जितेपछि ट्रफीसहित २० करोड भारतीय रुपियाँ हात पा¥यो । उपविजेता सनराइजर्स हैदरावादले १३ करोड भारतीय रुपियाँमा चित्त बुझायो । यसै गरी तेस्रो हुने राजस्थान रोयल्स सात करोड र चौथो हुने रोयल च्यालेन्जर्स बेङ्गलुरु ६.५ करोड भारतीय रुपियाँको हकदार बने ।

टस जितेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरावाद १८.३ ओभरमा ११३ रनमै अलआउट भएको थियो । आइपिएल फाइनलमा बनेको यो सबैभन्दा न्यून स्कोर हो । कोलकाताले सहज लक्ष्य १०.३ ओभरमै दुई विकेटको क्षतिमा ११४ रन बनाएर हािसल गयो । ‘वन डाउन’ ब्याट्सम्यान वेङ्कटेस एयरले २६ बलमा अविजित ५२ रन बनाएपछि हैदरावाद खेलमा फर्किन सकेन । एयरले अफगानिस्तानका प्रारम्भिक ब्याट्सम्यान रहमनुला गुरवाजसँग मिलेर दोस्रो विकेटका लागि ९१ रनको साझेदारी निर्वाह गरी कोलकातालाई सहज जित दिलाउनुभएको हो । गुरवाजले ३२ बलमा ३९ रनको उपयोगी पालि खेल्नुभयो । प्याट कमिन्सको बलिङमा सुनील नारायण छ रनमै आउट भएपछि वेङ्कटेस र गुरवाजको उत्कृष्ट साझेदारी बनेको हो । यसअघि २९ लाख डलरमा खरिद गरिएपछि सबैभन्दा महँगा खेलाडी बनेका तेज बलर मिचेल स्टार्कले हैदरावादको शीर्ष ब्याटिङ व्रमलाई कमजोर पार्नुभएको थियो । उहाँले प्रारम्भिक ब्याट्सम्यान अभिषेक शर्मालाई दुई रनमै बोल्ड गरी सनराइजर्सलाई पहिलो झट्का दिनुभयो । स्टार्कले आफ्नो पहिलो स्पेलमा नै राहुल त्रिपाठीलाई पनि नौ रनमा आउट गर्नुभयो यसबिच प्रारम्भिक ब्याट्सम्यान ट्रेभिस हेड आफूले सामना गरेको पहिलो बलमै वैभव अरोराको बलिङमा पवेलियन फर्कनुभएको थियो ।

हैदरावादका लागि सर्वाधिक स्कोर कप्तान कमिन्सले बनाउनुभयो । कमिन्सले अन्तिम समयमा क्रिजमा आएर १९ बलमा २४ रन बनाएपछि मात्र हैदरावादले एक सय रनको स्कोर नाघ्न सफल भएको हो । कमिन्सबाहेक दोहारो अङ्कमा रन बनाउने एडेन माक्रम (२० रन), हेनरिक लार्सन (१६ रन) र नितिशकुमार रेडी (१३ रन) हुनुहुन्थ्यो । कोलकाताका लागि प्रयोग भएका सबै बलरले विकेट लिनुभयो । वेस्ट इन्डिजका अलराउन्डर एन्ड्री रसेलले २.३ ओभरमा १९ रन खर्चेर सर्वाधिक तीन विकेट लिनुभयो । स्टार्क र हर्षित रानाले दुईरदुई तथा वैभव, सुनील र वरुन चक्रवर्तीले एकरएक विकेट हासिल गर्नुभयो ।

यस प्रतियोगितामा रोयल च्यालेन्जर्स

बेङ्गलुरुका विराट कोहली सर्वाधिक रनकर्ता र हर्सल पटेल सर्वाधिक विकेट लिने बलर बन्नुभयो । यी दुवैले जनही १५ लाख भारतीय रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । कोहलीले कुल ७४१ रन बनाउनुभयो भने पटेलले २४ विकेट लिनुभएको थियो । एजेन्सी

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...