आठ वर्षमा पनि बनेन पुल

Published on

काठमाडौं । २०७३ सालमा स्वर्गद्वारी नगरपालिकाको माडी नदीमाथि बनाउन थालिएको पक्की पुल अझै सम्पन्न भएको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीले भिङ्ग्री–जुलुके–नल्सी पक्की पुल निर्माणमा ढिलाइ भएको हो । “पक्की पुल बन्ने भयो भनेर हामी निकै खुसी भएका थियौँ,” स्थानीय शरद विष्टले भन्नुभयो, “तर, यतिका वर्षसम्म पनि पुल निर्माण भएन ।” पुल निर्माण समयमै नहुँदा स्थानीय निराश भएको उहाँले बताउनुभयो ।

विभिन्न कारण देखाउँदै निर्माण कम्पनी मृत सञ्जीवनी लोहनी एन्ड ब्रदर्स जेभीले म्याद थप गर्दै आएको छ । कम्पनीले २०७३ वैशाख ६ गते भ्याटसहित आठ करोड ७१ लाख ६३ हजार रुपियाँमा पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेको सडक डिभिजन कार्यालय प्युठानले जनाएको छ । निर्माण व्यवसायीको लापर्बाही र ढिलासुस्तीले पुल अलपत्र परेको स्थानीयले गुनासो गरेका छन् । व्यवसायीले पुल निर्माण सम्पन्न गर्नतिर अग्रसरता नदेखाएको स्थानीय बताउँछन् । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...