संरक्षणको पर्खाइमा क्रान्ति सङ्ग्रहालय

Published on

काठमाडौं । तुलसीपुर उपमहानगरपालिका –१९ सक्राममा रहेको क्रान्ति सङ्ग्रहालय संरक्षणको पर्खाइमा रहेको छ ।२०६२–६३ को जनआन्दोलन पश्चात् तत्कालीन नेकपा (माओवादी केन्द्र) का सेनालाई व्यवस्थापन गर्न दीर्घस्मृति बिग्रेडमा प्रारम्भिक चरणमा करिब दुई हजार सेना राखिएको थियो । लामाखोला महिला सामुदायिक वनभित्रको करिब १५ बिघा क्षेत्रफलमा सेना बस्नका लागि आवास, विद्युत, खानेपानी, खेल मैदान, गेट, सेन्ट्री प्वाइन्ट र शौचालय निर्माण गरिएको थियो । सरकारको लाखाँ बजेटबाट निर्माण गरिएको ती अधिकांश संरचना बेवारिसे अवस्थामा पुगेका छन् । तत्कालीन माओवादी सेनालाई नेपाली सेनामा समायोजन गरिएसँगै त्यस क्षेत्रको सुरक्षा शसस्त्र प्रहरीले गर्दैआएको थियो । स्थानीय सरकारलाई तत्कालीन शसस्त्र प्रहरीले हस्तान्तरण गरेको थियो भने स्थानीय तहले स्थानीयवासीलाई सो सङ्ग्रहालय संरक्षणका लागि हस्तान्तरण गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका –१९ का वडाध्यक्ष प्रेमनाथ योगीले सङ्ग्रहालय संरक्षणका लागि संघ र प्रदेश सरकारसँग बजेट माग गरे पनि पर्याप्त बजेटका अभाव हुँदैआएको बताउनुभयो । उहाँले विस्तृत परियोजनामा १६ करोडको बजेट लागतमा संरचनामा निर्माण गरिने कुरा उल्लेख गरिएको बताउनुभयो । उहाँले सङ्ग्रहालयभित्र पालिकास्तरबाट खेल मैदान निर्माण गरिएको बताउनुभयो । वडा १९ का वडा सदस्य एवम स्थानीय रामबहादुर पौडेलका अनुसार परियोजनामा तत्कालीन जनसेनासँग सम्बन्धित रहेको सेन्ट्री प्वाइन्ट, आवास, गेटको संरक्षण गर्ने विषयवस्तुहरु रहेका छन् । त्यहाँ ल्याइएको खानेपानी भने स्थानीयवासीले उपयोग गर्दैआएको स्थानीय नन्दलाल खड्काले बताउनुभयो । त्यस क्षेत्रको संरक्षणका लागि तुलसीपुर उपमहानगरपालिकाले एक जना हेरालुका लागि मासिकरुपमा तलब प्रदान गर्दैआएको छ । परियोजनामा खेल मैदान, पानी पोखरी, बाल उद्यानजस्ता संरचना निर्माण गरिने उल्लेख छ । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...