संरक्षणको पर्खाइमा क्रान्ति सङ्ग्रहालय

Published on

काठमाडौं । तुलसीपुर उपमहानगरपालिका –१९ सक्राममा रहेको क्रान्ति सङ्ग्रहालय संरक्षणको पर्खाइमा रहेको छ ।२०६२–६३ को जनआन्दोलन पश्चात् तत्कालीन नेकपा (माओवादी केन्द्र) का सेनालाई व्यवस्थापन गर्न दीर्घस्मृति बिग्रेडमा प्रारम्भिक चरणमा करिब दुई हजार सेना राखिएको थियो । लामाखोला महिला सामुदायिक वनभित्रको करिब १५ बिघा क्षेत्रफलमा सेना बस्नका लागि आवास, विद्युत, खानेपानी, खेल मैदान, गेट, सेन्ट्री प्वाइन्ट र शौचालय निर्माण गरिएको थियो । सरकारको लाखाँ बजेटबाट निर्माण गरिएको ती अधिकांश संरचना बेवारिसे अवस्थामा पुगेका छन् । तत्कालीन माओवादी सेनालाई नेपाली सेनामा समायोजन गरिएसँगै त्यस क्षेत्रको सुरक्षा शसस्त्र प्रहरीले गर्दैआएको थियो । स्थानीय सरकारलाई तत्कालीन शसस्त्र प्रहरीले हस्तान्तरण गरेको थियो भने स्थानीय तहले स्थानीयवासीलाई सो सङ्ग्रहालय संरक्षणका लागि हस्तान्तरण गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका –१९ का वडाध्यक्ष प्रेमनाथ योगीले सङ्ग्रहालय संरक्षणका लागि संघ र प्रदेश सरकारसँग बजेट माग गरे पनि पर्याप्त बजेटका अभाव हुँदैआएको बताउनुभयो । उहाँले विस्तृत परियोजनामा १६ करोडको बजेट लागतमा संरचनामा निर्माण गरिने कुरा उल्लेख गरिएको बताउनुभयो । उहाँले सङ्ग्रहालयभित्र पालिकास्तरबाट खेल मैदान निर्माण गरिएको बताउनुभयो । वडा १९ का वडा सदस्य एवम स्थानीय रामबहादुर पौडेलका अनुसार परियोजनामा तत्कालीन जनसेनासँग सम्बन्धित रहेको सेन्ट्री प्वाइन्ट, आवास, गेटको संरक्षण गर्ने विषयवस्तुहरु रहेका छन् । त्यहाँ ल्याइएको खानेपानी भने स्थानीयवासीले उपयोग गर्दैआएको स्थानीय नन्दलाल खड्काले बताउनुभयो । त्यस क्षेत्रको संरक्षणका लागि तुलसीपुर उपमहानगरपालिकाले एक जना हेरालुका लागि मासिकरुपमा तलब प्रदान गर्दैआएको छ । परियोजनामा खेल मैदान, पानी पोखरी, बाल उद्यानजस्ता संरचना निर्माण गरिने उल्लेख छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...