प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि आजबाट छलफल सुरु

Published on

काठमाडौं । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१\०८२ को नीति तथा कार्यक्रममाथि बुधबारबाट छलफल सुरु हुने भएको छ । प्रदेश सभाको बैठक आज दिउँसो ३ः३० बजे बस्दै छ ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार प्रदेश सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि आजबाट छलफल गर्ने गरी कार्यतालिका तय गरिएको छ । यसैबिच प्रदेश सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव पेस गर्न प्रदेश सभाका सदस्यहरुलाई दिउँसो ३ बजेसम्मका लागि समय उपलब्ध गराइएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ । यसअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिमराम जम्कट्टेलले वार्षिक नीति तथा कार्यक्रमको प्रति प्रदेश सभा बैठकमा टेबुल गर्नुभएको थियो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...