हावाहुरीका कारण भेनियर उद्योगमा करोडभन्दा बढीको क्षति

Published on

काठमाडौं । झापामा मङ्गलबार राती आएको हावाहुरीका कारण करोडभन्दा बढीको क्षति पुगेको छ । राती चट्याङसहित आएको हावाहुरीले जिल्लाका विभिन्न ठाँउहरुमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार मेचीनगर नगरपालिका वडा नं। १० मा डिल्लिराम श्रेष्ठले सञ्चालन गरेको भेनियर उद्योगमा एक करोडको क्षति पुगेको छ । भेनियर पत्ता, कामदार बस्ने कटेज, मेसिन लगायतमा हावाहुरीले क्षति पुगेको चन्दले जानकारी दिनुभयो । प्रारम्भिक रुपमा आएको विवरण अनुसार एक करोडको क्षति पुगेको देखिएको उहाँले जनाउनु भयो । यसैगरी, यहि वडाको लालपानीमा श्याम न्यौपानेले सञ्चालन गर्नुभएको सिद्धबिनायक भेनियर उद्योगमा कच्चा पदार्थ र उद्योगको टिनको छानो उडाउदा १० लाखभन्दा बढीको क्षति पुगेको प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...