शिविरमा साढे चारसयको निःशुल्क उपचार

Published on

काठमाडौं । गणतन्त्र दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी बेनी नगरपालिका –४ सिङ्गा उपशाखा र दर्शन फाउण्डेसन पोखराको संयुक्त आयोजनामा भएको स्वास्थ्य शिविरबाट साढे चारसय जना सर्वसाधारणले सुविधा लिएका छन् । मानव स्वास्थ्यको रक्षाका लागि स्वास्थ्य शिविर राख्नुका साथै स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको कास्कीको पोखरामा रहेको दर्शन फाउण्डेसन तथा सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटीको सिङ्गा उपशाखाको आयोजनामा आयोजित शिविरमा चारसय ५७ जनाले सेवा लिएको दर्शन फाउण्डेसनका पितमबहादुर सेनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अलिक बढी जोखिम रहने महिलाको स्वास्थ्यलाई मुख्य रुपमा महत्व दिँदै आयोजना गरिएको शिविरमा ९२ जना महिलाले स्त्री रोगसम्बन्धी सेवा लिनुभएको छ । त्यसैगरी हाडजोर्नी तथा नसा रोग, मुटु, सुगरलगायतका रोगको पनि सेवा आफ्नै ठाउँमा पाउँदा स्थानीयहरु उत्साहित भएका छन् ।’

दर्शन फाउण्डेशन र नेपाल रेडक्रस सोसाइटी, सिंगा उपशाखा, म्याग्दीको संयुक्त आयोजना तथा युनाइटेड रेफरेन्स ल्याबोरेटरी, पोखरा र बेनी अस्पताल, म्याग्दीको प्राविधिक सहयोगमा आयोजित सो शिविरमा विशेषज्ञ डाक्टरले निःशुल्क रुपमा सेवा दिनुभएको थियो । सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको दर्शन फाउण्डेशनले सिंगामा गरेको स्वास्थ्य शिविरमा पेट, छाती, मुटु, मधुमेह तथा थाइराइडसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरेको छ । स्त्री तथा प्रसूति रोगसम्बन्धी विशेषज्ञ सेवाका साथै जनरल तथा ल्याप्रोस्कोपिक सेवा पनि शिविरमा सिंगाबाट पाएको धवलागिरी माध्यमिक विद्यालयका शिक्षक डण्डपाणि पौडेलले जानकारी दिनुभयो । हाड, जोर्नी, नसा तथा बाथ रोगसम्बन्धी विशेषज्ञ सेवा तथा मधुमेह, रगतमा हुने खराब बोसो, युरिक एसिडसम्बन्धी रक्त एवं पिसाब परीक्षण सिंगामै गर्नुका साथै परीक्षण गरिएका बिरामीलाई आवश्क सबैजसो औषधी निःशुल्क वितरण गरिएको थियो । जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा आयोजना भएको शिविरमा पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानका पेट छाती तथा मुटुरोग विशेषज्ञ डा। कृष्णराज अधिकारी, वरिष्ठ हाड, जोर्नी, नशा तथा बाथरोग डा। सरोजचन्द्र दाहाल, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा। विराट शर्मा, मेडिकल अफिसर डा। राज गुरुङले सेवा दिनुभएको थियो । बेनी अस्पतालकी निमित्त मेडिकल सुपरिटेण्डेन्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ, डा। अन्जु थापा, मेडिकल अफिसर डा। रामु सापकोटालगायतको टोलीले विशेषज्ञ सेवा प्रदान गरेको नेपाल रेडक्रस सोसाइटी सिंगा उपशाखाका सभापति सुमन बानियाँले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...