तिला नदीमा पौडी खेल्न गएका युवा वेपत्ता

Published on

काठमाडौं । तिला नदीमा एक युवा वेपत्ता भएका छन् । जिल्लाको तिलागुफा नगरपालिका वडा नं ६ स्थित तिला नदिमा पौडी खेल्न गएका १५ वर्षीय युवा मङ्गलबार वेपत्ता भएका हुन् ।

तिलागुफा नगरपालिका वडा नं ७ घर भइ हाल वडा नं ६ को गाल्जे बजारमा होटेल व्यावसाय गरी बस्ने रुपकौडा बमका छोरा हिक्मत बम वेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी गाल्जेका अनुसार मङ्गलबार दिउँसो २ः३० बजे तिला नदिमा नुहाउन गएका बम डुबेर वेपत्ता भएको परिवारका सदस्यले खबर गरेको जनाएको छ । वेपत्ता भएको जानकारी पाउनासाथ खल्लागाड प्रहरी चौकीबाट सहायक प्रहरी निरीक्षक रकविर केसीको कमाण्डमा दुई जना र इलाका प्रहरी चौकी गाल्जेबाट प्रहरी हवल्दार गगनबहादुर रावतको कमाण्डमा तीन जना गरी पाँच जनाको टोली घटनास्थल गएर खोजि गरेको थियो । जिल्ला प्रहरी कार्यालय कालीकोटबाट प्रहरी निरीक्षक प्रकाश केसीको कमाण्डमा सात जनाको टोली र नेपाली सेनाको आश्रित गुल्म कालीकोटबाट कालीबहादुर रोकायको कमाण्डमा सात जना गरी थप १४ जनाको टोली खोज तलासका लागि घटनास्थलमा खटाइएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटले अहिलेसम्म खोजि जारी रहेको भए पनि वेपत्ता किशोर अझै फेला नपरेको जनाएको छ । वर्खाको समयमा नदिको वहाब बढ्ने भएका कारण वेपत्ता किशोरको उद्धार कार्यमा कठिनाइ हुने प्रहरीको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...