तिला नदीमा पौडी खेल्न गएका युवा वेपत्ता

Published on

काठमाडौं । तिला नदीमा एक युवा वेपत्ता भएका छन् । जिल्लाको तिलागुफा नगरपालिका वडा नं ६ स्थित तिला नदिमा पौडी खेल्न गएका १५ वर्षीय युवा मङ्गलबार वेपत्ता भएका हुन् ।

तिलागुफा नगरपालिका वडा नं ७ घर भइ हाल वडा नं ६ को गाल्जे बजारमा होटेल व्यावसाय गरी बस्ने रुपकौडा बमका छोरा हिक्मत बम वेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी गाल्जेका अनुसार मङ्गलबार दिउँसो २ः३० बजे तिला नदिमा नुहाउन गएका बम डुबेर वेपत्ता भएको परिवारका सदस्यले खबर गरेको जनाएको छ । वेपत्ता भएको जानकारी पाउनासाथ खल्लागाड प्रहरी चौकीबाट सहायक प्रहरी निरीक्षक रकविर केसीको कमाण्डमा दुई जना र इलाका प्रहरी चौकी गाल्जेबाट प्रहरी हवल्दार गगनबहादुर रावतको कमाण्डमा तीन जना गरी पाँच जनाको टोली घटनास्थल गएर खोजि गरेको थियो । जिल्ला प्रहरी कार्यालय कालीकोटबाट प्रहरी निरीक्षक प्रकाश केसीको कमाण्डमा सात जनाको टोली र नेपाली सेनाको आश्रित गुल्म कालीकोटबाट कालीबहादुर रोकायको कमाण्डमा सात जना गरी थप १४ जनाको टोली खोज तलासका लागि घटनास्थलमा खटाइएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटले अहिलेसम्म खोजि जारी रहेको भए पनि वेपत्ता किशोर अझै फेला नपरेको जनाएको छ । वर्खाको समयमा नदिको वहाब बढ्ने भएका कारण वेपत्ता किशोरको उद्धार कार्यमा कठिनाइ हुने प्रहरीको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...