एक जना प्राविधिक सहायकको भरमा तरकारी र फलफूलमा विषादीको मात्रा परीक्षण

Published on

काठमाडौं । नेपालगन्जको प्रमुख तरकारी मण्डी रानीतलाउमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ एक जना प्राविधिक सहायकको भरमा सञ्चालन भइरहेको छ ।

विशेषगरि भारतबाट आउने ठुलो परिमाणको तरकारी र फलफूलमा विषादी परीक्षणका लागि केन्द्रिय तरकारी मण्डी रानीतलाउमा स्थापना गरिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइमा जनशक्तिको अभावले नाम मात्रको बिषादी परीक्षण भइरहेको छ । केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइमा जनशक्तिको अभावले तरकारी तथा फलफूलका सीमित नमुनामात्रै परीक्षण गर्न सकिएको र अधिकांश तरकारी र फलफूल परीक्षण बिनै बजारमा बिक्रि भइरहेको छ । स्रोत साधन र जनशक्तिको अभावमा तरकारी तथा फलफूलका सीमित नमुनामात्रै परीक्षण गर्न सकिएको केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइका प्राविधिक सहायक गौरव चौधरीले जानकारी दिनुभयो । प्रयोगशालामा जनशक्तिको अभावले बजारबाट तरकारी तथा फलफूलका नमुना संकलनमा समेत समस्या भइरहेको जनाउँदै प्राविधिक सहायक चौधरीले अधिकांशको परीक्षण हुननसक्दा कीरा तथा रोगव्याधीबाट जोगाउन र उत्पादन बढाउन विषादी प्रयोग गरेको तरकारी सिधै बजारमा बिक्री भइरहेको बताउनुभयो ।

प्रयोगशालामा प्राविधिक सहायक चौधरी र एक जना कार्यालय सहयोगीमात्र कार्यरत रहेका छन् । जनशक्ति थप्न पटक पटक माग गरिएपनि थप नगरिएको जनाइएको छ । बालीमा प्रयोग हुने विषादीका प्रकार, मात्रा र बाली टिप्ने समयलाई बेवास्ता गरेर विषादीको प्रभाव नघट्दै टिपेर बजारमा पठाइएको तरकारी तथा फलफूलजन्य वस्तुमा विषादीको अवशेष धेरै भेटिने गरेको प्राविधिक सहायक चौधरीको भनाइ छ । भारतबाट आयातित तरकारी तथा फलफूल, रानीतलाउ तरकारी मण्डी, बीपी चोक तरकारी बजार र विभिन्न चोक तथा बजारमा ठेलामा राखेर बिक्रीवितरण हुँदै आएको छ । सो मध्ये अधिकांश परीक्षण नभएको हुने गरेको छ । प्राविधिक सहायक चौधरीका अनुसार ४५ प्रतिशतभन्दा बढी विषादीको मात्रा भेटिएका तरकारी तथा फलफूल स्वास्थ्यका लागि हानिकारक भएकाले उपभोग गर्न हुँदैन । त्यस्तै ३५ देखि ४५ प्रतिशतबीचको मात्रामा विषादी अवशेष प्रयोग भएको तरकारी तथा फलफूल केही दिन कुरेरमात्रै प्रयोग गर्न सकिन्छ । शून्यदेखि ३५ प्रतिशतसम्म विषादी भेटिए तरकारी तथा फलफूल प्रयोग गर्न तथा बिक्रीका लागि योग्य मानिन्छ । बाँके जिल्ला लगायत विभिन्न जिल्लामा उत्पादन भएका र भारतबाट आयात गरिएका तरकारी तथा फलफूलजन्य वस्तुको परीक्षण गर्दा विभिन्न नमुनामा विषादी भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...