कक्षा कटौती भएपछि टाढाका विद्यार्थीलाई छात्रावास

Published on

काठमाडौं । कक्षा कटौती भएपछि गाउँपालिकाले टाढाका विद्यार्थीका लागि छात्रावास सञ्चालन गरेको छ । विद्यार्थी सङ्ख्या कम भएपछि कक्षा कटौती भएका विद्यालयका विद्यार्थीलाई दृष्टिगत गर्दै अर्को विद्यालयमा छात्रावास सुरु गरिएको हो ।

जिल्लाको तिनाउ गाउँपालिकाको सहयोगमा पहिलो पटक वडा नं। ६ को मस्याम माध्यमिक विद्यालयमा छात्रावास सञ्चालन गरिएको हो । गाउँपालिकाको विद्यालय समायोजन कार्यविधि–२०८० वमोजिम तिनाउको दुई वटा विद्यालयको कक्षा ६, ७ र ८ कक्षा कटौती गरिएको छ । कक्षा कतौटीले विद्यार्थीको पठनपाठनमा प्रभावित भई कक्षा छाड्ने अवस्था नआओस् भनेर गाउँपालिकाले भौगोलिक रुपमा टाढाका विद्यार्थीका लागि छात्रावास सञ्चालन गरेको जनाएको छ । शैक्षिक सत्र २०८१ देखि तिनाउ गाउँपालिकाले विद्यार्थी सङ्ख्या कम भएका ६ नं। वडाको पाटन आधारभूत विद्यालय र श्री आधारभूत विद्यालयको कक्षा कटौती गरेको थियो । सोही विद्यालयमा अध्ययनरत कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई आवासीय पठनपाठनको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो । छात्रावास कार्यक्रमले कक्षा ५ पछि विद्यालय छाडने विद्यार्थीको दर घट्ने र सहज रुपमा कक्षा १२ सम्म अध्ययन गर्न वातावरण निर्माण हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

गाउँपालिकाले छात्रावास सञ्चालन कार्यविधि बनाएर जिल्लामै पहिलो पटक सामुदायिक विद्यालयमा यस्तो कार्यक्रम सुरु गरेको जनाएको छ । छात्रावासमा दुई जना वार्डेन, एक जना भान्से र एक जना सरसफाइकर्मीको व्यवस्था गरिएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १५ लाख रुपियाँ विनियोजन गरेको शिक्षा शाखा प्रमुख लक्ष्मी कुँवरले जानकारी दिनुभयो । छात्रावासमा बस्ने सबै विद्यार्थीका लागि आवश्यक सबै संरचना व्यवस्था, गुणस्तरीय खानपानको व्यवस्था गरिएको उहाँले बताउनुभयो । छात्रावासमा बस्ने विद्यार्थीको सङ्ख्या हाल ३२ जना रहेको छ । छात्रावास सञ्चालनले शिक्षकलाई गर्नुपर्ने लगानीलाई घटाउन सहयोग पुर्‍याएको छ । विद्यार्थी छात्रावासमा बस्न पाएपछि शैक्षिक गुणस्तरमा वृद्धि हुने अनुमान गरिएको छ । छात्रावास कार्यक्रमले विद्यालय तहको शिक्षामा समन्यायिक पहुँच र समता कायम राख्न सहयोग पुग्ने मस्याम माविका प्रअ कृष्णप्रसाद पाण्डेयले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

सप्तरीमा समानुपातिकतर्फ १६ हजारभन्दा बढी मत बदर

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम...

महिलालाई लेखन कार्यमा सक्रिय हुन आह्वान

काठमाडौं । प्रवासी भूमिमा नेपाली भाषा र साहित्यको क्षेत्रमा क्रियाशील महिलालाई लेखन कार्यमा उत्प्रेरित...

राष्ट्रिय लिग : एनआरटी र लालीगुराँसको बराबरी

काठमाडौं । न्युरोड टिम (एनआरटी) र लालीगुराँस एसोसिएसनले एन्फा राष्ट्रिय लिग फुटबलमा बराबरी खेल्दै...

यस वर्ष मलखादको अभाव हुँदैन : कृषिमन्त्री डा. परियार

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव...