एकीकृत समाजवादी वर्तमान सत्तासमिकरणमै छ : प्रधानमन्त्री

Published on

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)वर्तमान सत्तासमिकरणमै रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग आज बिहान कुराकानी भएको र उहाँ वर्तमान सत्तासमिकरणकै पक्षमा रहेको स्पष्ट पार्नुभयो । फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले सरकारले यही जेठ १५ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८१\८२ को बजेटमा विराटनगरमा चक्रपथ निर्माण, चिकित्साशास्त्र कलेज सञ्चालनलगायत कार्यक्रमसहित कोशी प्रदेशको मागलाई सम्बोधन गरिएको बताउनुभयो । बजेटमा उत्पादन, उपादकत्व र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको प्रधानमन्त्री दाहालको भनाइ थियो । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले मधेश प्रदेशमा वर्तमान समिकरणभन्दा बाहिर गएर सरकार निर्माण नहुने धारणा राख्नुभयो । “वर्तमान समिकरण अनुसारनै मधेश प्रदेशमा सरकार निर्माण हुन्छ”उहाँले भन्नुभयो । रासस

spot_img

ताजा समाचार

बर्दियामा शिक्षकमाथि बाल यौन दुराचारको आरोप

काठमाडौं । बर्दियामा एक शिक्षकमाथि बाल यौन दुराचारको आरोप लागेको छ। मधुवन नगरपालिका–५, रातामाटेस्थित...

खोटाङमा हावाहुरीको कहर : ३० भन्दा बढी घरमा क्षति, विद्युत सेवा अवरुद्ध

काठमाडौं । हावाहुरीका कारण खोटाङमा ३० भन्दा बढी घरको छाना उडेको छ। चैत २...

बागलुङमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिने निर्णय

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण सिर्जित असहज परिस्थितिमा दैनिक उपभोग्य वस्तुको अभाव हुन...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

काठमाडौं । नेपाल पर्यटन बोर्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको...