महिलालाई आत्मनिर्भर बनाउन अन्नपूर्णमा ढाका बुनाई तालिम

Published on

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले ढाका बुनाई तालिम सञ्चालन गरेको छ । महिलाहरुलाई गाउँमै पेशा व्यवसाय गरेर आत्मनिर्भर बनाउने उद्देश्यले एक महिनै ढाका बुनाई तालिम सञ्चालन गरेको हो । आवासीय सुविधासहित आयोजना गरिएको तालिममा आठ जना महिला सहभागि भएका छन् । स्थानीय महिलालाई जीवनोपयोगी सीप सिकाएर आर्थिक उन्नति गराउँदै आत्मनिर्भर बनाउन तालिम आयोजना गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । गाउँपालिकाले महिलाहरुलाई स्वरोजगार बनाउन कृषि, ब्युटिसियन लगायतका तालिमहरु पनि सञ्चालन गरेको उहाँको भनाइ छ । तालिममा महिला उद्यमी लिला पुनले सहजीकरण गर्नुभएको छ । तालिममा ढाकाको कपडा तयार पार्ने र टोपी, सल, साडी, झोला लगायतका सामग्रीहरु बनाउन सिकाउने प्रशिक्षक पुनले जानकारी दिनुभयो ।

पछिल्लो समय ढाकाबाट तयार पारिएका कपडाहरुको माग बढ्न थालेकाले स्थानीय स्तरमा महिला उद्यमीहरु तयार पार्न तालिमले सहयोग पुग्ने उहाँको भनाइ छ । म्याग्दीमा उत्पादन भएको ढाकाको कपडा युरोप, अमेरिकालगायतका अन्य मुलुकहरुबाट माग आउने भएकाले आवश्यकता अनुसार उत्पादन गर्न नसकिएको उहाँको बताउनुभयो । म्याग्दीबाट मात्र वार्षिक रुपमा २५ देखि ३० लाख रुपियाँ बराबरको ढाकाको कपडा विदेश निर्यात हुने गरेको उहाँको भनाइ छ । परिश्रम गर्नसके यसबाट राम्रो आम्दानी लिन सकिन्छ प्रशिक्षक पुनले भन्नुभयो, ‘‘कपडाको माग धेरै आउने गरेको छ । उद्यमी नहुँदा माग अनुसार पुर्‍याउन सकिएको छैन । स्थानीय तहले दिएको तालिमबाट गाउँगाउँमा महिला उद्यमी तयार हुने आशा छ । महिलाहरु सीप सिकेर उद्यम व्यवसाय गरी आत्मनिर्भर बनाउन तालिमले सहयोग पुग्ने गाउँपालिकाको महिला बालबालिका शाखा प्रमुख सविना थापाले बताउनुभयो । तालिम र उपकरण सहयोग गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा सात लाख रुपियाँ विनियोजन गरेको उहाँले बताउनुभयो । तालिम लिएका महिलाहरुलाई ७५ प्रतिशत अनुदानमा ढाका बुन्ने मेशिन प्रदान गरिने उहाँले बताउनुभयो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...