लोकमार्ग निर्माणले लेखनाथमा खानेपानीको समस्या

Published on

काठमाडौं । पोखरा महानगरको साविक लेखनाथ क्षेत्रमा अहिले खानेपानीको आपूर्तिमा समस्या भएको छ । यहाँ वितरण गरिने पानीको मुलनजिक मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा थुप्रिएको ढुङ्गा, माटोका कारण पानीको वितरण प्रणाली प्रभावित बनेको हो । लेखनाथ क्षेत्रको पानीको मुहानभन्दा माथि मादी गाउँपालिका वडा नम्बर ७ को पानीघाट र पोखरा–२० को आँटीघर मौजा क्षेत्रमा बाटो निर्माणका क्रममा खानेपानी आपूर्तिमा समस्या आएको हो । यसै पनि लामो खडेरीका कारण पानीका मूल साना हुुँदा आपूर्ति कम भएको थियो । पानी आपूर्ति वितरण प्रभावित हुँदा तालचोकदेखि वेगनासताल क्षेत्र र भण्डारढिकदेखि गगनगौंडासम्मका उपभोक्तामा समस्यामा परेका छन् । लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रमुख शिवप्रसाद अमात्यले बाटो निर्माणपछि वर्षाले पानी सङ्कलन केन्द्रमा ढुङ्गा, माटो थुपारेकाले पनि पानी वितरणमा समस्या परेको जनाउनुभयो ।

बर्खा याममा हरेक वर्ष खानेपानी वितरणमा आउने समस्या समाधान गरे पनि फेरि समस्या थपिने गरेको संस्था अध्यक्ष मुरारी शर्मा बताउनुहुन्छ । “हरेक वर्ष समाधान गर्ने प्रयास गर्छौं, समस्या सुल्झाउँछौ पनि । तर विकासका नाममा खनिने बाटोघाटो र अन्य भौतिक निर्माणले फरि समस्या ल्याइहाल्छ,” शर्माले भन्नुभयो । खानेपानी आपूर्तिमा समस्या आएपछि आठ वटा बोरिङबाट संस्था खानेपानी आपूर्ति थालेको छ । यद्यपि त्यो पर्याप्त नभएको शर्माले सुनाउनुभयो । लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले १६ हजार चार सय ५९ घरधुरीका एक लाख ५० भन्दा बढी उपभोक्तालाई खानेपानी आपूर्ति गर्दै आएको छ । संस्थाले पोखरा महानगरका पाँच वडा २६, २७, २९, ३० र ३२ मा खानेपानी आपूर्ति गर्दै आएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...