बाह्र सय मेगावाट विद्युत निर्यात गर्ने तयारीमा प्राधिकरण

Published on

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यो वर्ष करिब एक हजार दुई सय मेगावाट विद्युत् भारत निर्यात गर्नका लागि त्यहाँका केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पठाएको छ ।

आगामी बर्खायाममा स्वदेशभित्र खपत गरी बचत हुने आकलन गरिएको सो परिमाणको विद्युत् बिक्रीका लागि हरियाणा राज्य सरकारलगायत विभिन्न खरिदकर्ता निकायसँग सम्झौता गरी अन्तिम स्वीकृतिका लागि केन्द्रीय विद्युत् मन्त्रालयमा स्वीकृतिका लागि प्रस्ताव पठाइएको प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । आन्तरिक खपत विस्तारका बाबजुद पनि यो वर्ष उच्चतम करिब एक हजार दुई सय मेगावाटसम्म अधिक हुने देखिएको छ । बर्खामा नदीमा पानीको बहाव बढ्दै जाँदा आयोजना पूर्ण क्षमतामा सञ्चालन हुने जडित क्षमता पनि तीन हजार १४१ मेगावाट पुगिसकेको छ । “पूर्ण क्षमतामा आयोजना सञ्चालन हुँदा विद्युत् उत्पादन पनि वृद्धि भइरहेको छ,” उहाँले भन्नुभयो, “यो वर्षायाममा एक हजार दुई सय मेगावाटसम्म विद्युत् भारत निर्यात गर्न प्रस्ताव पठाएका छौँ ।” पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणले पिक डिमान्ड दुई हजार मेगावाट रेकर्ड गरिरहेको छ । यसले गर्दा आन्तरिक खपत पनि बढ्दो छ । “हामीले यो वर्ष एक हजार दुई सय मेगावाटसम्म विद्युत् भारत निर्यात गर्ने योजना अनुसार प्रस्ताव पठाएका छौँ ।”

प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड तथा रियलटाइम मार्केट र द्विपक्षीय सम्झौताबमोजिम यस विद्युत् वर्ष निर्यातको योजना बनाएको छ । द्विपक्षीय सम्झौताबमोजिम विहार राज्यलाई करिब दुई सय मेगावाट विद्युत् बिक्रीका लागि पावर ट्रेड कम्पनीसँग र करिब चार सय हरियाणा राज्यलाई बिक्री गर्न एनटिपिसी विद्युत् व्यापार निगम लिएनभिभिएनसँग सम्झौता गरी स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पठाइसकेको घिसिङले जानकारी दिनुभयो । उता आइइएक्सको रियलटाइम र डे अहेड मार्केटका लागि त्यहाँको केन्द्रीय विद्युत् प्राधिकरणले हालसम्म नेपालका १५ वटा जलविद्युत् आयोजनाबाट उत्पादित ६५६ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति दिइएको छ । ६५६ मेगावाटबाटै मध्यकालीन विद्युत् सम्झौताबमोजिम हरेक वर्ष जुन–अक्टोबरसम्म पाँच वर्षका लागि ११० मेगावाट विद्युत् एनभिभिएनलाई बिक्री गर्न स्वीकृति पनि दिइएको छ । एनभिभिएनले उक्त विद्युत् हरियाणा राज्यलाई बिक्री गर्दै आएको छ । भारततर्फ विद्युत् निर्यात सुरु गरेको जनाइएको छ । प्राधिकरणले जेठ १४ गते रातिदेखि यो वर्षको विद्युत् निर्यात सुरु गरेको हो । वर्षासँगै खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढेर देशभित्रका जलविद्युत्गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारतर्फ विद्युत् निर्यात सुरु भएको प्राधिकरणले जनाएको छ ।

यो वर्ष खुद निर्यातक स् घिसिङ

प्राधिकरणले यही फागुन १४ गतेदेखि दैनिक करिब चार सय मेगावाट विद्युत् निर्यात सुरु गरिसकेको छ । यो जेठ र आगामी असारभरको निर्यात थप हुँदा चालु आर्थिक वर्षमै नेपाल विद्युत्को खुद निर्यातक बन्ने आकलन गर्नुभयो । दुईरतीन वर्षअघिबाट विद्युत्को निर्यात सुरु गरेकामा यस वर्षदेखि नेपालले आयातभन्दा बढी विद्युत् निर्यात गर्ने अवस्था देखिएको छ । गत वर्ष साउनदेखि मध्य जेठसम्मको आँकडा अनुसार देशभित्रको विद्युत् माग धान्न १५ अर्ब २१ करोड रुपियाँ बराबरको एक अर्ब ८१ करोड ४८ लाख युनिट विद्युत् भारतबाट आयात भएको प्राधिकरणको तथ्याङ्क छ । साउनदेखि हालसम्म १३ अर्ब ४७ करोड रुपियाँको विद्युत् निर्यात गर्न सक्दा हालसम्म एक अर्ब ७४ करोड रुपियाँको मात्र बढी आयात भएको देखिन्छ । यस अवधिमा एक अर्ब ४९ करोड २९ लाख युनिट विद्युत् निर्यात गरिएको हो । यो वर्षको विद्युत् व्यापारमा प्रतियुनिट विद्युत् खरिदबिक्री दरमा भने नेपालको बिजुलीले मूल्य उच्च पाएको देखिएको छ । नेपालले निर्यात गरेको बिजुलीको औसत प्रतियुनिट मूल्य नौ रुपियाँ दुई पैसा प्राप्त भएको छ भने भारतबाट खरिद गरिएको विद्युत्को मूल्य प्रतियुनिट आठ रुपियाँ ३८ पैसा परेको प्राधिकरणले जनाएको छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...