पारिवारिक निजी वन सङ्घको अध्यक्षमा भट्टराई

Published on

काठमाडौं । पारिवारिक निजी वन सङ्घको अध्यक्षमा गोपाल भट्टराई चयन हुनुभएको छ । सङ्घको दोस्रो अधिवेशनबाट उहाँ अध्यक्षतामा चयन हुनुभएको हो ।

नव निर्वाचित २९ सदस्यीय प्रदेश कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा बुद्धराज कार्की, सचिवमा मनोज चौधरी, उपसचिवमा लोकेन्द्र डाँगि, कोषाध्यक्षमा हिरा श्रेष्ठ, सदस्यहरूमा वासुदेव सिग्देल, इन्द्र गुरूङ्ग, लक्ष्मी तामाङ, कृष्णा राई, कुमारी आले, अग्नि लुइँटेल, देवराज भुजेल, बद्रीनारायण चौधरी, नवीन निरौला, मन्जु खड्का चयन हुनुभएको छ । त्यस्तै सदस्यमा गीता बस्नेत, होम आले मगर, जगदीश सापकोटा, इन्द्र ढकाल, शेरबहादुर तामाङ, पदेन सदस्यहरूमा दीपेन्द्र गौतम, मुकुन्द भट्टराई, होमनाथ ढुङ्गाना, बद्री सापकोटा लगायत रहनुभएको छ । यसैगरी कोशी प्रदेश न्यायिक समितिमा हरि दाहालको संयोजकत्वमा पाँच सदस्यीय न्यायिक समिति चयन गरिएको छ ।

प्रदेश लेखा समितिको संयोजकमा वीरेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय लेखा समिति निर्वाचन गरिएको छ । ‘एक परिवार एक पारिवारिक निजी वन, समृद्ध नेपाल हाम्रो अभियान’ नाराका साथ अगाडि बढेको पारिवारिक निजी वन सङ्घले निजी वन वा निजी जग्गामा भएका कृषिउपज सरह सङ्कलन, बिक्री र ओसारपसार गर्न वन पैदावार काष्ठ प्रजाति, जडीबुटी प्रजाति लगायत अन्य वन पैदावार प्रजातिलाई सहज रूपमा बिक्री वितरणमा सहज बनाउने उद्देश्यले दोस्रो अधिवेशन सम्पन्न गरेको आयोजकको भनाइ छ । पारिवारिक निजी वन सङ्घ नेपाल कोशी प्रदेशका अध्यक्ष गोपाल भट्टराईको सभापतित्व एवं कोशी प्रदेश सरकार आर्थिक मामिला तथा योजनामन्त्री राम रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...