‘चलचित्र मनोरञ्जन मात्र होइन, अभियान पनि हो’

Published on

काठमाडौं । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले चलचित्र मनोरञ्जन मात्र नभएर एउटा अभियान रहेको बताउनुभएको छ । चलचित्र पत्रकार सङ्घ नेपाल, कास्की को छैटौँ साधारण सभा कार्यक्रममा शनिबार प्रमुख आचार्यले चलचित्रले समाजको नदेखिएका कथालाई उजागर गरेको बताउनुभएको हो । ‘‘पोखरा आफैँमा पर्यटनको राजधानी हो । यहाँ नेपाली फिल्म अधिकांश सुटिङ हुने गरेका छन् । यो आफैँमा सुटिङ हब हो ।’’ उहाँले भन्नुभयो । प्रमुख आचार्यले महानगरको आगामी बजेटमा चलचित्र पत्रकारिता गर्ने पत्रकारको बारेमा पनि सम्बोधन गर्ने तयारी भएको बताउनुभयो ।

चलचित्र पत्रकार सङ्घ नेपालको केन्द्रीय अध्यक्ष समीर बलामिले नेपाली पत्रकारिताको क्षेत्रमा चलचित्र पत्रकारिता निकै सक्रिय रहेको बताउनुभएको छ । कार्यक्रममा जितप्रकाश द्वा चलचित्र पत्रकारिता पुरस्कार पत्रकार विजय नेपाललाई प्रदान गरिएको छ । उहाँलाई ३० हजार नगद, दोसल्लासहित सम्मान गरिएको हो । यसैगरी पुराना चलचित्र निर्माता विनोद शेरचनलाई पनि सोही कार्यक्रममा सम्मान गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...