यमनमा घातक आक्रमणपछि हुथी समूहद्वारा अमेरिकी जहाजमा आक्रमण

Published on

काठमाडौं । यमनमा अमेरिका र बेलायतले हालै गरेको घातक आक्रमणको जवाफमा हुथी समूहले लाल सागरमा संयुक्त राज्य अमेरिकाको जहाजमा मिसाइल आक्रमण गरेका छन् । यमनको होदेइदाह प्रान्तमा अमेरिका र बेलायतको संयुक्त आक्रमणमा कम्तीमा सोह्र जनाको मृत्यु भएको समूहको दाबीपछि हुथी सैन्य प्रवक्ता याह्या सारीले शुक्रबार आइसेनहावर जहाजमा आक्रमणको घोषणा गर्नुभएको थियो । हुथी नियन्त्रित च्यानल अल मासिराह टेलिभिजनले बिहीबारको आक्रमणको नतिजा खुलासा गर्दै होदेइदाहमा घाइते नागरिकको उपचार भइरहेको फुटेज प्रसारण गरेको थियो । उक्त आक्रमणमा कम्तीमा बयालिस जना घाइते भएको बताइएको छ । “अमेरिकी–बेलायती आक्रमणले हामीलाई प्यालेस्टाइनको समर्थनमा हाम्रो सैन्य कारबाही जारी राख्नबाट रोक्न सक्दैन, विद्रोहीले बढ्दो तनावको सामना गर्नुपर्नेछ”, हुथी अधिकारी मोहम्मद अल–बुखाइतीले सामाजिक सञ्जाल एक्सनमा भन्नुभयो । बेलायती प्रधानमन्त्री ऋषि सुनाकले आक्रमणलाई “हुथी विरुद्धको आत्मरक्षाको एकरूप” रहेको बताउनुभयो ।

इरान समर्थित हुथी समूहलेले पश्चिमी समर्थित र साउदी नेतृत्वको गठबन्धनविरुद्ध लगभग एक दशकको द्वन्द्वपछि यमनको महत्त्वपूर्ण भागलाई नियन्त्रण गरेको हो । गाजामा इजरायलको चलिरहेको द्वन्द्वबिचमा उनीहरूले प्यालेस्टिनीलाई समर्थन गरेका छन् । उनीहरूले नोभेम्बरदेखि लाल सागर, बाब अल–मन्डेब जलडमरूमध्य र एडनको खाडीमा जहाजमा बारम्बार ड्रोन र मिसाइल आक्रमण सुरु गरेका छन् इरानले अमेरिका–बेलायतको आक्रमणलाई “यमनको सार्वभौमिकता र क्षेत्रीय अखण्डता, अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको उल्लङ्घन” भएको निन्दा गरेको छ ।

“आक्रमणकारी अमेरिका र बेलायती सरकार यमनी जनता विरुद्धको यी अपराधको परिणामका लागि जिम्मेवार छन्”, इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले भने । अमेरिकी समुद्री प्रशासनका अनुसार हुथीले ढुवानी जहाजमा पचासभन्दा बढी आक्रमण गरेका छन्, जसको परिणामस्वरूप हताहत, जहाज कब्जा र विश्वव्यापी व्यापार मार्गमा अवरोध आएको छ । हुथीले ढुवानी कम्पनीलाई वैकल्पिक मार्ग खोज्न बाध्य पारेका छन् । जसका कारण लाल सागर पार गर्ने विश्वव्यापी व्यापारको लगभग बाह्र प्रतिशतलाई असर गरेको छ । हुथीको क्षमतालाई घटाउने उद्देश्यले अमेरिका र बेलायतले संयुक्त हमला गरे पनि विद्रोहीले आफ्नो आक्रमण जारी राखेका छन् । आफ्नो पछिल्लो कारबाहीमा उनीहरूले गाजामा इजरायली आक्रमणको प्रतिक्रियामा ग्रिसको स्वामित्वमा रहेको ढुवानी जहाज र अन्य जहाजलाई आक्रमण गरेको अल जजिराले जनाएको छ । रासस\एएनआई

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...