भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान

Published on

काठमाडौं । भारतमा आज (शनिबार) लोकसभा निर्वाचनका लागि सातौँ तथा अन्तिम चरणको मतदान हुँदैछ । यस निर्वाचनका लागि सात राज्य र एक केन्द्र शासित प्रदेशका ५७ सिटमा मतदान हुँदैछ । पञ्जाब र उत्तर प्रदेशका १३–१३ सिट, पश्चिम बङ्गालका नौ सिट, बिहारका आठ, उडिसाका छ, हिमाचल प्रदेशका सबै चार सिट, झारखण्डका तीन सिट र चण्डीगढको एक सिटमा आज मतदान हुँदैछ । लोकसभा चुनावको अन्तिम चरणको प्रचारप्रसार बिहीबार साँझ सम्पन्न भएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी र अन्य धेरै दलका नेता अन्तिम चरणको निर्वाचनमा चुनावी मैदानमा हुनुहुन्छ । यो निर्वाचनमा कुल नौ सय चार जनाले उम्मेदवारी दिएका छन् ।

सात चरणको लोकसभा चुनावको लामो प्रचारका क्रममा प्रधानमन्त्री मोदीले ७५ दिनमा दुई सयभन्दा बढी प्रचार कार्यक्रम आयोजना गर्नुभयो । यसमा र्‍यालीहरू र रोड शोहरू समावेश थिए । आफ्नो चुनावी अभियान समाप्त गरेपछि प्रधानमन्त्री मोदी बिहीबार साँझ तमिलनाडूको कन्याकुमारीमा विवेकानन्द रक मेमोरियलमा ध्यानका लागि पुग्नुभएको थियो । ध्यान आजसम्म जारी रहनेछ । ध्यानमण्डपममा स्वामी विवेकानन्दले ध्यान गरेको ठाउँमा प्रधानमन्त्री मोदीले दिनरात ध्यान गर्नुहुने बताइएको छ । लोकसभा चुनावको अघिल्लो छ चरणको मतदान अप्रिल १९, अप्रिल २६, मे ७, मे १३, मे २० र मे २५ मा भएको थियो । मतगणना जुन ४ अर्थात् मङ्गलबार सुरु हुनेछ र नतिजा सोही दिन आउने अपेक्षा गरिएको छ । रासस\एएनआई

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...