‘स्वस्थ नागरिकले मात्र राज्य निर्माणमा योगदान दिन सक्छन्’

Published on

काठमाडौं । स्वास्थ्य नागरिकले मात्र मुलुकको विकासमा योगदान दिनसक्ने बताइएको छ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको सहयोगमा गोङ्गबु नयाँ बसपार्कमा समाज उत्थान महिला मञ्चले आयोजना गरेको ‘एक दिने निःशुल्क आँखा’ शिविरका वक्ताले मानिस स्वस्थ्य रहे मात्र देशको विकासमा योगदान दिनसक्ने बताएका हुन् । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवम् काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख राजाराम श्रेष्ठले स्वास्थ्य नै धन भएकाले स्वस्थ भएर राज्य निर्माणमा योगदान गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले आफूलाई स्वास्थ्य राख्न हरेक व्यक्तिले बेला बेलामा स्वास्थ्य परीक्षण गराउनु आवश्यक रहेको उल्लेख गर्नुभयो । काठमाडौँ(२६ का वडा सदस्य प्रवेश श्रेष्ठले आम वडावासीलाई स्वस्थ राख्न यस्ता किसिमका स्वास्थ्य शिविरले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले आगामी दिनमा पनि वडाभित्र विभिन्न विधाका स्वास्थ्य शिविर सञ्चालन गरिने उल्लेख गर्नुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले शान्त, सुरक्षित र सभ्य नयाँ बसपार्क निर्माण गर्न समाज उत्थान महिला मञ्चले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । उहाँले पछिल्लो समय नयाँ बसपार्क सुन्दर, सफा र व्यवस्थित बन्दै गएको भन्दै यसको वरपरको क्षेत्रलाई पनि सोहीअनुसार स्वच्छ बनाउनु सबैको कर्तव्य भएको उल्लेख गर्नुभयो । वातावरण स्वच्छ भए नागरिक स्वस्थ हुने उहाँको भनाइ छ । मञ्चकी अध्यक्ष निर्मला श्रेष्ठले नयाँ बसपार्क क्षेत्रको विकृति अन्त्यका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियो । वि.सं.२०७१ मा स्थापना भएको उक्त मञ्चले गोङ्गबु क्षेत्रमा विभिन्न सामाजिक काम सञ्चालन गर्दै आइरहेको उपाध्यक्ष तारा नेपालले जानकारी दिनुभयो । रासस

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...