आर्थिक मन्दीलाई चलायमान बनाउन म्याग्देमा महोत्सव

Published on

काठमाडौं । आर्थिक मन्दीले तनहुँको म्याग्दे गाउँपालिकाको व्यवसाय सुस्ताए पछि चलायमान बनाउन महोत्सव गर्न लागिएको छ ।

म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा ‘प्रथम म्याग्दे महोत्सव २०८१’ गर्न लागिएको हो । थर्पु युवा क्लबको आयोजनामा ‘कला र संस्कृतिको संरक्षण आर्थिक, सामाजिक, कृषि, पर्यटनको प्रवर्द्धन’ नारासहित सञ्चालन हुने महोत्सव यही जेठ २५ देखि असार २ गतेसम्म चल्ने छ । थुर्पु बजारमा व्यापार घट्दै जाँदा व्यवसायी पलायन हुने क्रम बढेको, किसानले उत्पादन गरेको समान बिक्री गर्न समस्या परेको तथा होमस्टेको प्रचारप्रसार नहुँदा पाहुना बढाउन नसकिएकाले चलायमान बनाउन महोत्सवको आयोजना गर्ने निर्णय गरिएको महोत्सवका संयोजक गौरव रानाले बताउनुभयो । रानाले भन्नुभयो, ‘‘कोभिड–१९ ले शिथिल बनाएको र हाल आर्थिक मन्दीले व्यवसायी सङ्कटमा परेकाले वर्षायाम भएपनि महोत्सव गर्ने निर्णय गरेका हौं ।’’ महोत्सवले व्यापार तथा पर्यटन व्यवसायलाई चलायमान बनाउन महोत्सवले योगदान दिने आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । किसानले उत्पादन गरेको आलु बिक्री नहुँदा चिस्यान केन्द्रमा भण्डारण गरेर राख्नु परेको उदाहरण दिँदै रानाले कृषि उपज बिक्रीको समस्या टार्न महोत्सवले सहयोग गर्ने विश्वास लिइएको बताउनुभयो ।

महोत्सवमा व्यापारिक एवम् सेवामूलक उद्देश्यका एक सय वट स्टल राखिने स्थानीय रैथाने सामग्री र कृषि उत्पादनलाई निःशुल्क स्टलको व्यवस्था गरिएको आयोजक थर्पु युवा क्लबका अध्यक्ष नवराज हमालले जानकारी दिनुभयो । समान खरिद बिक्री हुने सांस्कृतिको संरक्षण हुने होटल रेस्टुराँमा आर्थिक कारोबार बढ्ने भएकाले महोत्सवको आयोजना गरिएको हमाल बताउनुहुन्छ । महोत्सवमा खुला एकल नृत्य प्रतियोगिता, म्याग्दे गाउँपालिका स्तरीय नृत्य प्रतियोगिता गरिएको आयोजकले जनाएको छ । दुवै नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगदको व्यवस्था गरिएको छ । प्रतियोगितामा स्थानीयका साथै राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहनेछ । पृथ्वी राजमार्गले बिच भागबाट छिचोलेको म्याग्देलाई प्रमुख व्यापारिक क्षेत्रको रुपमा स्थापित गर्न महोत्सव टेवा पुग्ने विश्वास लिइएको आयोजकद्वारा आइतबार दमौलीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो । आर्थिक करोकारलाई चलायमान गराउन, अन्तरनिहीत प्रतिभाको प्रस्फुटन गर्न, म्याग्देलको भाषा, कला र संस्कृतिलाई एउटै थलोमा प्रस्तुत गर्न महोत्सव महत्त्वपूर्ण बन्ने अपेक्षा लिइएको आयोजकले जनाएको छ । गोरखापत्र

ताजा समाचार

मोतीविन्दुका बिरामीको शल्यक्रिया

काठमाडौँ । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका आँखामा मोतीविन्दु भएकाको उपचार गरेको छ । नगरपालिकाले...

अनावश्यक खर्च बढाएको आरोप

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश सरकारले अनावश्यक शीर्षकमा खर्च बढाएको आरोप प्रदेश सभामा रहेका...

होलीले तान्यो चीनका फोटोग्राफर

काठमाडौँ । हेमन्त ऋतुको बिदाइ र वसन्त ऋतुको स्वागतमा रङहरूको पर्व होली मनाउँदा काठमाडौँ...

कार्यसम्पादन मूल्याङ्कनमा प्रथम मेरिङ्देन गाउँपालिका

काठमाडौँ । ताप्लेजुङ जिल्लाको स्थानीय तहमध्ये मेरिङदेन गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको...