रुख ढलेर घर च्यापिदा वृद्धको मृत्यु

Published on

काठमाडौं । टीकापुर नगरपालिका–१ बिशालनगर गल्ली नं ६ मा रुख ढलेर ७० वर्षका दलु पुरीको ज्यान गएको छ ।

सोमबार राति ९ बजेतिर आएको हावाहुरीले हल्दुको रुख ढलेर घर च्यापिँदा पुरीको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक लोकराज अवस्थीले जानकारी दिनुभयो । मृतक पुरीका छोराहरू बाजुरामा रहेका र घटनापछि टीकापुर आउन लागेका छन् । वडा नम्बर १ कै गणेशपुर र ज्योति नगरमा पनि एउटा एउटा घरमा क्षति भएको प्रहरीले जनाएको छ । टीकापुर बहुमुखी क्याम्पसको जग्गामा भूमिहीन, सुकुम्वासीका रूपमा बसेका विशाल नगर, गणेशपुर, एकता नगर लगायतका शिविरमा बर्सेनि रुख ढलेर घर च्यापिने, मान्छेहरू घाइते हुने र मान्छेको ज्यान जाने घटना भइरहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...