अस्पतालमै पुगेर दिइयो नागरिकता

Published on

काठमाडौं । बिदाको दिनमा नागरिकता तथा परिचयपत्र दिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अस्पतालको शय्यामै पुगेर नागरिकता दिएको छ । गत जेठ ८ गते स्याङ्जा बिरुवा गाउँपालिका–५ का विमल शर्मा घाँस झार्ने क्रममा रुखबाट खसेर घाइते हुनुभएको थियो । मेरुदण्ड भाँचिएर पोखरास्थित मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत शर्मालाई शय्यामै पुगेर नागरिकता दिइएको हो । नागरिकता अभावका कारण उपचारका क्रममा पाउने सेवासुविधा लिन असहज अवस्थामा प्रशासनले अस्ताल पुगेर २२ वर्षीय शर्मालाई ४२–०१–८१–००७९३ नम्बरको नागरिकता प्रदान गरेको हो । प्रशासकीय अधिकृत संयोग भट्टराई र नायब सुब्बा रामप्रसाद पौडेलले अस्पतालमा पुगेर नागरिकता प्रदान गर्नुभएको हो ।

चिकित्सकले मेरुदण्ड भाँचिएकाले शर्मा हिँडडुल गर्न नमिल्ने भनेपछि भौतिक रूपमा उपस्थित गराउन नसकिने भएकाले अस्पतालमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेको प्रशासकीय अधिकृत भट्टराईको भनाइ छ । नागरिकको दुःखमा साथ दिने प्रयास मात्र गरेको भन्दै प्रशासकीय अधिकृत भट्टराईले दुःखमा प्रशासन सबैको साथमा रहेको बताउनुभयो । घाइते शर्माले अस्पतालमै नागरिकता पाउँदा खुसी व्यक्त गर्दै आफू जस्तै दुःखमा परेका सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...