तीन घण्टा उकालो हिँडेर विद्यालय

Published on

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङ कर्चुन्डे र तित्रीबोटका बालबालिका तीन घण्टा हिँडेर विद्यालय जान बाध्य छन् । कर्चुन्डे र तित्रीबोटका बालबालिका तीन घण्टा उकालो हिँडेर श्रीमावि बाँसबोटेमा अध्ययन गर्दै आएका छन् ।

कक्षा १ देखि कक्षा १२ सम्मको अध्ययनका लागि कर्चुन्डे र तित्रीबोटका विद्यार्थी बिहान ७ बजे पढ्न निस्किन्छन्, साँझ ६ बजे पछि मात्र घर आइपुग्ने गरेका छन् । बिहान र साँझ दैनिक उकालो ओरालो गर्दा ससाना बालबालिकालाई सकस भइरहेको छ । लफ्याङको सबैभन्दा पुछारमा रहेको कर्चुन्डे गाउँमा छ घर र तित्रीबोटमा चार घरको बसोबास छ । हाल कर्चुन्डेका नौ जना र तित्रीबोटका दुई जना विद्यार्थी श्रीमावि बाँसबोटेमा अध्ययनरत छन् । कर्चुन्डेका अनमीका राई कक्षा १२, सुशील राई कक्षा ८, सुपिन्द्र भुजेल, सरगम राई, व्रिmस्टिना राई, प्रज्वल राई र रिया राई कक्षा ६, रितु भुजेल र रिदम राई कक्षा ३ मा अध्ययनरत छन् । यस्तै तित्रीबोटका आइस्का राई कक्षा ७ र आकाश राई कक्षा ३ मा अध्ययनरत छन् । विद्यालय जान र आउनमै विद्यार्थीको दिन बित्ने गरेको छ ।

कक्षा ६ सम्मका बालबालिकाले विद्यालयमा नै दिवा खाजा पाउँछन् । त्योभन्दा माथिल्लो कक्षाका कतिपय विद्यार्थी खाजा बोकेर विद्यालय जाने गरेका छन् । कर्चुन्डे र तित्रीबोटका स्थानीयले गाउँमै विद्यालय बनाउन पहल नगरेका भने होइनन् तर बस्ती थोरै भएका कारण गाउँमा विद्यालय खोल्न सम्भव नभएको स्थानीय धनकुमार राईले बताउनुभयो । विद्यालयको विकल्पमा कर्चुन्डेमा २०६८ सालमा तिटाक बालविकास केन्द्र स्थापना गरिएको छ । तित्रीबोट, टाकुरे र कर्चुन्डेको नामबाट नामकरण गरिएको सो बालविकास केन्द्रमा पाँच जना बालबालिका अध्ययनरत छन् । नजिकै रहेको जरुवाका विद्यार्थीसमेत घण्टौँ उकालो हिँडेर श्रीमावि बाँसबोटे जाने आउने गरेका छन् । गोरखापत्र

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...