तीन घण्टा उकालो हिँडेर विद्यालय

Published on

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङ कर्चुन्डे र तित्रीबोटका बालबालिका तीन घण्टा हिँडेर विद्यालय जान बाध्य छन् । कर्चुन्डे र तित्रीबोटका बालबालिका तीन घण्टा उकालो हिँडेर श्रीमावि बाँसबोटेमा अध्ययन गर्दै आएका छन् ।

कक्षा १ देखि कक्षा १२ सम्मको अध्ययनका लागि कर्चुन्डे र तित्रीबोटका विद्यार्थी बिहान ७ बजे पढ्न निस्किन्छन्, साँझ ६ बजे पछि मात्र घर आइपुग्ने गरेका छन् । बिहान र साँझ दैनिक उकालो ओरालो गर्दा ससाना बालबालिकालाई सकस भइरहेको छ । लफ्याङको सबैभन्दा पुछारमा रहेको कर्चुन्डे गाउँमा छ घर र तित्रीबोटमा चार घरको बसोबास छ । हाल कर्चुन्डेका नौ जना र तित्रीबोटका दुई जना विद्यार्थी श्रीमावि बाँसबोटेमा अध्ययनरत छन् । कर्चुन्डेका अनमीका राई कक्षा १२, सुशील राई कक्षा ८, सुपिन्द्र भुजेल, सरगम राई, व्रिmस्टिना राई, प्रज्वल राई र रिया राई कक्षा ६, रितु भुजेल र रिदम राई कक्षा ३ मा अध्ययनरत छन् । यस्तै तित्रीबोटका आइस्का राई कक्षा ७ र आकाश राई कक्षा ३ मा अध्ययनरत छन् । विद्यालय जान र आउनमै विद्यार्थीको दिन बित्ने गरेको छ ।

कक्षा ६ सम्मका बालबालिकाले विद्यालयमा नै दिवा खाजा पाउँछन् । त्योभन्दा माथिल्लो कक्षाका कतिपय विद्यार्थी खाजा बोकेर विद्यालय जाने गरेका छन् । कर्चुन्डे र तित्रीबोटका स्थानीयले गाउँमै विद्यालय बनाउन पहल नगरेका भने होइनन् तर बस्ती थोरै भएका कारण गाउँमा विद्यालय खोल्न सम्भव नभएको स्थानीय धनकुमार राईले बताउनुभयो । विद्यालयको विकल्पमा कर्चुन्डेमा २०६८ सालमा तिटाक बालविकास केन्द्र स्थापना गरिएको छ । तित्रीबोट, टाकुरे र कर्चुन्डेको नामबाट नामकरण गरिएको सो बालविकास केन्द्रमा पाँच जना बालबालिका अध्ययनरत छन् । नजिकै रहेको जरुवाका विद्यार्थीसमेत घण्टौँ उकालो हिँडेर श्रीमावि बाँसबोटे जाने आउने गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...