पाँच महिनामा भित्रिए पाँच लाख विदेशी पर्यटक

Published on

काठमाडौं । सन् २०२४ को पाँच महिनामा पाँच लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२४ को जनवरीदेखि मेसम्म पाँच लाख छ हजार २८० पर्यटक नेपाल आएका हुन् । तीमध्ये मे महिनामा मात्रै ९० हजार २११ पर्यटक नेपाल भित्रिएका छन् । बोर्ड निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “यो वर्ष नेपाल भित्रिएका विदेशी पर्यटकमध्ये पहिलो स्थानमा भारतीय र दोस्रोमा अमेरिकी छन् । यसअघि दोस्रो ठुलो बजार रहेको चिनियाँ पर्यटक बढाउन सके सरकारले आगामी आर्थिक वर्षभित्र १६ लाख पर्यटक भित्र्याउने लक्ष्य भेट्टाउन सहज देखिन्छ । हाल नेपाल आउने भारतीय पर्यटकको सङ्ख्या ४२ प्रतिशत रहेको र चिनियाँ पर्यटकको सङ्ख्या नौ प्रतिशत मात्रै रहेकाले सन् २०२४ भित्र चिनियाँ पर्यटकको सङ्ख्या १२ देखि १५ प्रतिशतसम्म पुग्ने गरी प्रवर्धन भइरहेको उहाँले बताउनुभयो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...