चिनियाँ पर्यटकलाई नेपाल भ्रमणको निम्तो

Published on

काठमाडौं । होटल सङ्घ नेपाल (हान) ले चिनियाँ पर्यटक भित्र्याउन र चिनियाँ पर्यटन व्यवसायीबिच सम्बन्ध विस्तार गर्ने उद्देश्यले चीनको राजधानी बेइजिङमा नेपाल पवर्धनात्मक कार्यक्रमको आयोजना गरेको छ ।

बेइजिङस्थित नेपाली राजदूतावास र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा बोल्दै चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपालका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिँदै चिनियाँ समुदायलाई नेपाल भ्रमणका निम्ति प्रेरित गर्नुभएको छ । हानका महासचिव तथा प्रवक्ता साजन शाक्यका अनुसार नेपाल आउने पर्यटकको दोस्रो ठुलो बजार चीनबाट धेरैभन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यसहित पवर्धनात्मक कार्यक्रम आयोजना गरिएको हो । उहाँले भन्नुभयो, “नेपालको आर्थिक विकासको प्रमुख माध्यम पर्यटन उद्योग भएकाले यस क्षेत्रको विकासमा चिनियाँ उद्यमीसँगको सहकार्य फलदायी हुने अपेक्षासहित हानको टोलीले बेइजिङ र छेन्दुमा प्रर्यटन प्रवर्धनात्मक कार्यक्रम गरिरहेको हो ।”

बेइजिङमा आयोजना गरिएको कार्यक्रममा हानका अध्यक्ष विनायक शाहले नेपालको पर्यटन उद्योग तथा उपलब्ध सुविधाबारे जानकारी दिँदै नेपाल चीन सम्बन्ध र पर्यटन, नेपालका रैथाने परिकारबारे जानकारी दिएको उहाँले बताउनुभयो । कार्यक्रमले चीनका पर्यटन व्यवसायीबिच निरन्तर सम्पर्क स्थापित हुनुपर्नेमा जोड दिएको उहाँको भनाइ छ । उक्त कार्यक्रममा नेपाली भूमिबाट सगरमाथा आरोहण गरेका १५ चिनियाँ पर्वतारोहीलाई सम्मान गरिएको छ । हानका अध्यक्ष शाहको नेतृत्वमा सातै प्रदेशका ७५ सदस्य होटलहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डलले चाइना होटल सङ्घसँग दुईपक्षीय पर्यटन प्रवर्धनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरसमेत गरेको छ ।

spot_img

ताजा समाचार

आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौँ । बडादसैँअन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण...

रास्वपा सभापति रवि लामिछाने तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

काठमाडौँ । चीनको तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको...

कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म, कर्मचारीले सवारी चलाए चालकको सेवासुविधा दिइने

काठमाडौँ – सरकारी गाडीको खरिद, इन्धन, मर्मत र चालकको तलबमा हुने खर्च घटाउने उद्देश्यले सरकारले...