पैदल हिँडेरै सगरमाथाको चुचुरोमा

Published on

‘काठमाडौं । लामा दाइ’ का नामले परिचित पेसेवर ट्रेकिङ गाइड राजेश लामाले काठमाडौँबाट पैदलयात्रा गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले काठमाडौँबाट पैदल हिँडेको ५७ औँ दिनमा सगरमाथाको चुचुरोमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “अप्रिल १ मा काठमाडौँबाट पैदलयात्रा थालेर चुनौतीपूर्ण भूभाग पार गरेर १५ दिनमा लुक्ला पुगेँ । यात्राको २४ औँ दिनमा सगरमाथा आधार शिविर पुगेर आरोहणको तयारीमा लागेँ ।

आरोहण अभ्यासकै क्रममा अप्रिल २७ मा लबुचे शिखर चढेको बताउँदै उहाँले मे १५ मा सगरमाथा आधार शिविरबाट पाँच दिनको आरोहणपछि सगरमाथाको चुचुरोमा पुगेको बताउनुभयो । ५७ दिनको यात्राको अवधिमा कुल ४३२.६ किलोमिटर दुरी पार गरेको उहाँले जानकारी दिनुभयो । नेपालको पर्यटन उद्योगमा एक दशकभन्दा बढी समयदेखि सक्रिय उहाँ अनुभव प्राप्त पेसेवर ट्रेकिङ गाइड हुनुहुन्छ । सन् २००९ देखि उहाँले ट्रेकिङ गाइडका रूपमा काम गर्दै आएका उहाँलाई सगरमाथाको पैदलयात्रामा नर्थ फेस नेपालले सहयोग गरेको थियो । कार्यक्रममा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले जलवायु परिर्वतनका कारण हिमालमा पारेको असर न्यूनीकरण गर्न हिमाल, हिमाली क्षेत्र र जैविक विविधताको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । हिमालका सम्भावनालाई उजागर गर्दै दिगो पर्वतीय अवधारणामा जोड दिन आवश्यक रहेको बताउँदै उहाँले जलवायु परिवर्तनकै कारण हिमाल, हिमनदी र हिमतालमा पुगेको असरले हिमाली वनस्पति, जीवजन्तु, चराचुरुङ्गीलगायत रैथाने बालीमा सङ्कट निम्तिरहेको जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...