शिक्षा मन्त्रालयमा शासकीय सुधार एकाइ

Published on

काठमाडौं । नागरिकका गुनासो छिटो सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शासकीय सुधार एकाइ गठन गरिएको छ । मन्त्रालयका प्रशासन महाशाखा सहसचिव सुमन घिमिरेको नेतृत्वमा गठन गरिएको एकाइको सदस्यहरूमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शासकीय सुधार हेर्ने उपमहानिर्देशक, आर्थिक प्रशासन शाखा, योजना तथा बजेट शाखा र कानुन तथा फैसला कार्यान्वयन शाखाका प्रमुख सदस्य रहने मन्त्रालयले जनाएको छ ।

त्यस्तै पाठ्यक्रम विकास केन्द्रका उपसचिव, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले तोकेका उपनिर्देशक र आन्तरिक व्यवस्थापन शाखाका प्रमुख पनि सदस्य रहने मन्त्रालयले जनाएको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ मा भएको व्यवस्था अनुसार एकाइको गठन गरिएको हो । उक्त ऐनको दफा २९ मा यस्तो व्यवस्था छ । शासकीय सुधारको मान्यता अनुरूप मन्त्रालयबाट सम्पादन हुने कार्यलाई सुधार गर्ने नीति एकाइले लिएको छ । एकाइमार्फत मन्त्रालयसँग सम्बन्धित कामका विषयमा गुनासो प्राप्त भएको १५ दिनभित्र सम्बोधन गर्ने र वेबसाइटमार्फत विवरण सार्वजनिक गरिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बताउनुभयो । मन्त्रालयबाट सम्पादन हुने कामसम्बन्धी कानुन, नीति र कार्यविधि निर्माण एवं सुधारका लागि सूचना, सल्लाह र पृष्ठपोषण उपलब्ध गराउने काम पनि एकाइले गर्ने मन्त्रालयले जनाएको छ । त्यस्तै सार्वजनिक प्रशासन र व्यवस्थापनका नवीनतम मान्यताको प्रयोगबाट कार्यालयको कार्यसम्पादनको गुणस्तरमा सुधार ल्याउन प्रयासरत रहने, शासकीय सुधारको सम्बन्धमा तालिम, गोष्ठी र अन्तर्क्रिया सञ्चालन गर्ने काम पनि एकाइले गर्ने छ । एकाइले हरेक महिना कार्यप्रगति विवरण मन्त्रालयका सचिव र मन्त्रीसमक्ष पेस गर्ने छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...