प्रदेश सरकारसँग योजना माग्नेको लाम

Published on

काठमाडौं । बागमती प्रदेश सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बागमती प्रदेश सभाबाट बहुमतले स्वीकृत भएसँगै बजेट बनाउने चटारोमा छ । प्रदेशका मन्त्रालय र निकाय प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको सिलिङ अनुसार बजेट निर्माणसँगै बजेट प्रणालीमा प्रविष्टको तयारीमा छन् ।

प्रदेश सरकारले विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त ल्याउनुभन्दा अगावैदेखि बजेट माग गर्दै प्रदेशका निकाय, कार्यालयहरू, आयोग, मुख्यमन्त्री कार्यालय, मन्त्रालय निकायदेखि मन्त्री र मुख्यमन्त्रीको निजी आवासमा आउने क्रम अझै रोकिएको छैन । कार्यालय, मन्त्रालयदेखि मन्त्री र मुख्यमन्त्रीको निजी आवासमा दैनिक जसो अहिले बजेट पार्न माग गर्दै आउनेको घुइँचो नै लाग्ने गरेको छ । प्रदेशमा बजेट माग गर्न टोल विकास संस्था, विभिन्न सङ्घ संस्था, वडा जनप्रतिनिधिदेखि सङ्घीय सांसदसम्म आउने गरेका छन् । यस्तै स्थानीय तह, प्रदेश सभा सदस्यलगायतले विकास आयोजनाका लागि बजेट माग गर्दै गरेको सिफारिसको चाङ व्यवस्थापनमा मन्त्रालयका कर्मचारी व्यस्त छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मङ्गलबार योजना टिपाउन जाने कार्यकर्ता र प्रदेश सभा सदस्यको भिड उस्तै देखिन्थ्यो । बजेटको सिलिङ तोकेभन्दा बढीको योजना माग भएर आउने गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तोकिएको बजेटको सिलिङभन्दा बढी रकमको योजना माग भएर आइरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता सुजन कँडेलले मन्त्रालयलाई तोकिएको बजेटको सिलिङभन्दा दोब्बर बढी योजना माग गर्दै सिफारिस र निवेदन आएको बताउनुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय जस्तै प्रदेशका मन्त्रालय र कार्यालयको अवस्था छ ।

टुक्रे बजेटलाई निरुत्साहित गर्न माग

गाउँपालिका राष्ट्रिय महासङ्घ बागमती प्रदेश समितिले टुक्रे बजेटलाई निरुत्साहित गर्न माग गरेको छ । बागमती प्रदेशमा बजेट निर्माण सुरु भएको छ वर्ष भइसक्दा पनि प्रदेशले टुक्रे योजनामा दुई÷चार लाख रुपियाँ बजेट हाल्ने क्रम नरोकेपछि गाउँपालिका राष्ट्रिय महासङ्घले टुक्रे बजेटलाई निरुत्साहित गर्न माग गरेको हो । महासङ्घका केन्द्रीय सदस्य लोकबहादुर मुक्तान, बागमती प्रदेश अध्यक्ष कर्णबहादुर मगर, सचिव कान्छालाल जिम्बा र विभिन्न गाउँपालिका अध्यक्षसहितको टोलीले ध्यानाकर्षणपत्र बुझाउँदै टुक्रे बजेटलाई निरुत्साहित गर्न प्रदेश सरकारसमक्ष आग्रह गरेको छ । महासङ्घले बजेट निर्माणको तयारीमा रहेको अवस्थामा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, प्रदेशका प्रमुख सचिव गोविन्दबहादुर कार्की र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीलाई ध्यानाकर्षणपत्र बुझाउँदै टुक्रे बजेटलाई निरुत्साहित गर्न आग्रह गरेको हो । यसै गरी अनुदान कटौतीपछि स्थानीय तह समस्यामा परेपछि गाउँपालिका राष्ट्रिय महासङ्घ बागमती प्रदेश समितिले प्रदेश अनुदानमा सञ्चालित योजनाको रकम भुक्तानी गर्न बागमती प्रदेश सरकारसँग माग गरेको छ ।

महासङ्घले प्रदेश सरकारलाई ध्यानाकर्षणपत्र बुझाउँदै वित्तीय हस्तान्तरणमार्फत प्राप्त हुने अनुदान रकम कटौती हुँदा स्थानीय सरकारमाथि विकास योजनाको भुक्तानी गर्नुपर्ने दायित्व बढेकाले योजनाको रकम भुक्तानीको व्यवस्था गर्न माग गरेको हो । बागमती प्रदेशका सबै पालिकामा समानुपातिक बजेट विनियोजन गर्न र गाउँ कार्यपालिकाले निर्णय गरी पठाएका योजनालाई आगामी आर्थिक वर्ष २०८१\८२ को बजेटमा प्राथमिकतामा राख्न महासङ्घले भनेको छ । मुख्यमन्त्री जम्कट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री थपलिया, प्रमुख सचिव कार्कीलगायतले गाउँपालिका महासङ्घले उठाएका नीतिगत र व्यावहारिक समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...