रुकुमपश्चिममा ३२ करोड बेरुजु

Published on

काठमाडौं । रुकुम पश्चिमका छ वटा स्थानीय तहको बेरुजु ३२ करोड ९८ हजार रुपियाँ देखिएको छ । महालेखा परीक्षकको कार्यालयको ६१ औँ वार्षिक प्रतिवेदन, २०८१ मा उक्त बेरुजु रकम सार्वजनिक भएको हो ।

आर्थिक वर्ष ०७९-०८० मा गरिएको लेखा परीक्षणको आधारमा उक्त बेरुजु रकम निकालिएको हो । प्रतिवेदन अनुसार सबैभन्दा कम बेरुजु सानीभेरी गाउँपालिकाको रहेको छ भने सबैभन्दा बढी आठविसकोट नगरपालिकाको देखिएको छ । सानीभेरी गाउँपालिकाको एक करोड ५२ लाख ४४ हजार रुपियाँ बेरुजु देखिएको छ भने त्रिवेणी गाउँपालिकाको तीन करोड २९ लाख तीन हजार देखिएको छ । त्यसै गरी मुसिकोट नगरपालिकाको तीन करोड ५७ लाख ३२ हजार र बाँफिकोट गाउँपालिकाको पाँच करोड १६ लाख ४६ हजार रुपियाँ बेरुजु रहेको छ । चौरजहारी नगरपालिकाको बेरुजु सात करोड ८० लाख ७६ हजार देखिएको छ भने आठविसकोट नगरपालिकाको १० करोड ६४ लाख ९७ हजार रुपियाँ बेरुजु देखिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्थाबमोजिम प्रचलित कानुनबमोजिम पुर्‍याउनुपर्ने रीत पुर्‍याइन कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याएको कारोबारलाई महालेखा परीक्षक कार्यालयले बेरुजुका रूपमा परिभाषित गर्छ । बेरुजुलाई असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेस्की गरी तीन वर्गमा वर्गीकरण गरिन्छ । महालेखाले वर्गीकरण गर्दा असुल गर्नुपर्ने बेरुजुमा हिनामिना र फर्स्योट, हानि नोक्सानी र अन्य असुल गर्नुपर्ने बेरुजु समावेश गरेको छ । नियमित गर्नुपर्ने बेरुजुलाई अनियमित भएको, प्रमाण कागजात पेस नभएको, जिम्मेवारी नसारेको र शोधभर्ना नलिएको गरेर वर्गीकरण गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...