राष्ट्रिय सडक सञ्जालमा जोडिएन सिमकोट

Published on

काठमाडौं । यस आर्थिक वर्षमा पनि हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग नजोडिने भएको छ । सडक निर्माण कार्य पूरा भए पनि कर्णाली कोरिडोरको खार्पुनाथ गाउँपालिकाको खार्पुमा रहेको दोजाम कर्णालीमाथि पुल निर्माण हुन नसकेका कारण सदरमुकाम सिमकोट सडक सञ्जालसँग नजोडिने भएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले अझै पनि सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिन मुस्किल भएको बताउनुभयो । हालसम्म देशकै एक मात्र जिल्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन । दोजाम कर्णालीमा पुल निर्माणको काममा ढिलाइ भएका कारण तत्कालका लागि जिल्लावासीले सोही स्थानमा बेलिब्रिज निर्माणको माग गरेका छन् । हाललाई दोजाम कर्णालीमा बेलिब्रिज नबने चार वर्षसम्म सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिने सम्भावना नरहेको उहाँले बताउनुभयो  । उक्त खण्ड हेर्दै आएको हिल्सा–सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले यो वर्ष सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसक्ने स्वीकार गर्नुभयो । तत्काल जोड्ने उपाय दोजाम कर्णालीमा बेलिब्रिज निर्माण रहेको तर बेलिब्रिज निर्माण गर्ने सम्भावना पनि नदेखिएका कारण यो वर्ष सडक नजोडिने उहाँले बताउनुभयो । सो स्थानमा निर्माणाधीन पक्की पुलको कामले गति लिन सकेको छैन । कोरिडोरकै असजिलो दुल्ली कुनादेखि लालीबगरसम्मको असजिलो छारेभिरलाई छिचोलेर नेपाली सेना सडकको अन्तिम रूप दिने तयारीमा रहेको छ । उक्त सडकमा हाल निर्माण कार्य अन्तिम चरणमा रहेको र दैनिक चार घण्टा यातायातका साधन सुचारु हुँदै आएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...