कालो भिरमा पहिरो जाँदा सडक अबरुद्ध

Published on

काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिकाको लार्के खण्डको कालो भिरमा सुख्खा पहिरो खस्दा सडक अबरुद्ध भएको छ ।

बिहीबार बिहान करिब ६ : ३० बजेको समयमा उत्तरी गोरखाको लार्के खण्डको धार्चे गाउँपालिका –१ कालो भिरमा पहिरो जाँदा सडक अबरुद्ध भएको मनास्लु क्षेत्रका स्थानीय छ्याङ लामाले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस क्षेत्रमा माथिबाट खसेको पहिरोले सडकमा ठुला ढुङगा र माटोले सडक ढाकिएको छ । पहिरो परी कुनै मानबीय क्षति नभएको पनि उहाँले बताउनुभयो । पहिरोलाई नेपाली सेनाको टोलीले केही बेरमा मेसिन लगाएर हटाउने प्रयास भइरहेको उहाँको भनाइ छ । अहिले त्यस ठाउँमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा पहिरो हटाउन पहल भइरहेको बताइएको छ । त्यस पहिरोले ७ मिटर बाटो अबरुद्ध भएको छ । पहिरो ४० मिटर माथिबाट खसेर अबरुद्ध भएको थियो । अहिले त्यस क्षेत्रबाट आबत–जावत गर्ने सवारी साधन तथा सर्बसाधरण बिहानबाट रोकिएका छन् । अहिले त्यस क्षेत्रमा गएको पहिरो पन्छाउन दोभान क्षेत्रमा रहेको नेपाली सेनाको टोलीले मेसिन लगाएर पहिरो पन्छाउन लागिपरेको मनास्लु क्षेत्रका स्थानीय छ्याङ लामाले बताउनुभयो । अबको केही बेरमै सवारी साधान तथा सर्बसाधरणलाई हिडडुल गर्न सहज गराउने प्रयास भइरहेको छ । गोरखापत्र

ताजा समाचार

महिलाको अगुवाइमा बन्यो सामुदायिक भवन

काठमाडौं । रघुगङ्गा गाउँपालिका–४ दग्नाममा महिलाको अगुवाइमा रु एक करोडभन्दा बढी खर्चेर सामुदायिक भवन...

इपिएस सम्झौताको १७ वर्ष : नेपाल बढी कामदार पठाउने पहिलो मुलुक

काठमाडौं । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ...

पुर्ख्यौली पेसा संरक्षणको माग

काठमाडौं । पुर्ख्यौली पेसामा आश्रित कुम्हार समुदायले पेसा संरक्षणका लागि माग गरेका छन् । यो...

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...