आठ विद्यालयको तह घटाइयो

Published on

काठमाडौं । विद्यार्थी नभएपछि रामेछापको मन्थली नगरपालिका–२, टेकानपुरमा सञ्चालित एउटा विद्यालय बन्द गरिएको छ । उक्त वडामा रहेको ताम्राकौशिका आधारभूत विद्यालय नगरको सामुदायिक शिक्षा सुधारका लागि बनाइएको मापदण्ड अनुसार विद्यार्थी नभएपछि बन्द गरिएको हो । नगर शिक्षा समितिले बनाएको मापदण्ड अनुसार विद्यार्थी नभएपछि ताम्राकौशिका आविलाई बालकन्या आविमा समायोजन गरी बाल ताम्राकौशिका आवि नामकरण गरी सञ्चालन गरिएको मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “ताम्राकौशिका आवि र बालकन्या आविको व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरिएको छ । दुवै विद्यालयलाई समायोजन गरी बालकन्या आवि भएको स्थानमा बाल ताम्राकौशिका आवि राख्ने निर्णय भएको छ । अहिले विद्यालयका लागि आवश्यक भौतिक संरचना निर्माण गर्न जग्गा व्यवस्थापनको काम भइरहेको छ ।” वडाले ताम्राकौशिका आधारभूत विद्यालयको भवनमा स्वास्थ्य चौकी सञ्चालन गर्ने तयारी गरिरहेको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

नगरपालिकाले विद्यार्थी सङ्ख्या नपुगेका आठ वटा सामुदायिक विद्यालयको तह घटुवा गरेको छ । सामुदायिक शिक्षा सुधारका लागि नगर शिक्षा समितिले तोकेको मापदण्डभन्दा थोरै विद्यार्थी भएका सामुदायिक विद्यालयको कक्षा घटाएको हो । विद्यार्थी अभाव झेल्दै आएका आधारभूत र माध्यमिक गरी आठ वटा विद्यालयमा कक्षा घटाइएको र विद्यार्थी सङ्ख्या न्यून भएका दुई वटा विद्यालयलाई बाल विकास केन्द्रका रूपमा सञ्चालन गर्ने समितिले निर्णय गरेको मन्थली नगरपालिकाका सामान्य प्रशासन तथा सामाजिक विकास महाशाखा प्रमुख हेमन्त बुढाथोकीले बताउनुभयो । “यो शैक्षिक सत्रबाट विद्यार्थी सङ्ख्या न्यून भएका वडा नं. ३ मा रहेको कालीदेवी आधारभूत विद्यालय र वडा नं. ७ मा रहेको नवचन्द्र आधारभूत विद्यालयलाई यसअघि सञ्चालन हुने कक्षा घटाएर बाल विकास केन्द्रका रूपमा सञ्चालन गर्ने निर्णय भएको छ,” उहाँले भन्नुभयो ।

नगरपालिकाले वडा नं. ४ मा रहेको भीमेश्वर आवि, वडा नं. ५ मा रहेको शिवज्योति आविमा कक्षा ४ र ५ घटाउने निर्णय गरेको छ । त्यसै गरी वडा नं. ६ मा रहेको कालिका मावि, वडा नं. ११ मा रहेको मनकामना मावि, वडा नं. १० मा रहेको हरिसिद्धि मावि, वडा नं. १४ मा रहेको हरिसिद्धि मावि चौकीघरमा कक्षा ९ र १० घटुवा गर्ने निर्णय भएको छ । वडा नं. ९ को पुण्य आवि र वडा नं. १३ को साँखे आविमा कक्षा ६ देखि ८ सम्म घटुवा गर्ने निर्णय गरेको छ । भौगोलिक विकटता, सामाजिक, आर्थिकलगायतका कारणले विद्यार्थी सङ्ख्या न्यून हुँदाहुँदै पनि कतिपय विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था रहेकाले त्यस्ता विद्यालयलाई विशेष विद्यालयका रूपमा सञ्चालन गर्ने निर्णय भएको सूचना अधिकारी बुढाथोकीले बताउनुभयो । विद्यालयमा भौतिक पूर्वाधार थपिँदै जाने र विद्यार्थीको सङ्ख्या घट्ने अवस्थामा विद्यार्थीको सङ्ख्याका आधारमा कक्षा सञ्चालन गर्दा गुणस्तरमा वृद्धि हुने, विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालयमा शिक्षकको अभाव नहुने र विद्यालयमा गरिएको लगानी सदुपयोग हुने भएकाले विद्यालयको तह घटाइएको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताउनुभयो । “शिक्षा क्षेत्रको सुधारका लागि शिक्षा समितिले विद्यालयको आवश्यक अध्ययन गरी विद्यालय मापदण्ड अनुसार विद्यालयको तह घटाइएको हो,” नगरप्रमुख श्रेष्ठले भन्नुभयो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...