सामूदायिक वनको पौडीपोखरी सुचारु

Published on

काठमाडौं । हरियाली सामूदायिक वन उपभोक्ता समूहले मोरङको पथरीशनिश्चरे –२ मा पर्या पर्यटन कार्यक्रम अन्तर्गत ब्यवस्थित पौडीपोखरी सञ्चालनमा ल्याएको छ ।

शुक्रबार पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्वापोले पौडी पोखरीको उद्घाटन गर्नुभयो । नगर प्रमुख तुम्बापोले सामुदायिक वनको नियमित आम्दानी घट्दै गइरहेका बेला वन संरक्षणका लागि पब्लिक लिमिटेड दर्ता गरेर रोजगार सिर्जना गर्नेखालका काममा नगरले सहयोग गर्ने बताउनुभयो । सामुदायिक वनले हरियाली सामुदायिक वन पव्लिक लिमिटेड दर्ता गरेर सर्वसाधरणलाई लगानीका लागि आह्वान गरेको थियो । हालसम्म ८६३ जना उपभोक्ताले लगानी गरिसकेका छन् । वनका उपभोक्ताले न्युनतम १० हजारदेखि अधिकतम एक लाख रुपियाँसम्म लगानी गरेको कम्पनीका प्रबन्ध निर्देशक रोहित बास्तोलाले बताउनुभयो । बास्तोलाका अनुसार सामूदायिक वनले ३५ प्रतिशत लगानी गरेको छ । हालसम्म ५ करोड रुपियाँ खर्च भइसकेको हरियाली वन पव्लिक लिमिटेडका पदाधिकारीको भनाइ छ ।

सामूदायिक वनको ३ हेक्टर जग्गामा पर्या पर्यटनको विकासका लागि दर्ता भएको कम्पनीले सभाहल, पौडीपोखरी र चमेना गृह निर्माण गरिसकेको छ । तीन वर्षअघि ३८ करोेड रुपियाँको डिपीआर बनाएर काम थालेको सामूदायिक वनले अबको ५ वर्ष भित्र फनपार्क, बाल उद्यान, प्रेमचौतारी र विज्ञान प्रदर्शनी केन्द्र (साइन्स सिटी) निर्माण गर्ने भएको छ । प्रबन्ध निर्देशक बास्तोलाका अनुसार हाल ५ जनाले रोजगार पाइरहेको कम्पनीमा आयोजना सम्पन्न भएपछि २ सय जनाले रोजगार पाउने लक्ष्य राखिएको छ । पछिल्लो समय पूर्वका सामुदायिक वनहरूले रोजगार सिर्जना हुने पर्यटकीय केन्द्र निर्माणमा लगानी गरिरहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...