विद्यार्थीद्वारा प्लाष्टिकजन्य फोहोर संकलन

Published on

काठमाडौं । फेँदिखोला गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीमार्फत ७५० केजी प्लाष्टिकजन्य फोहोर सङकलन गरेको छ । पहिलो चरणमा सङकलित प्लाष्टिकजन्य फोहोर यहाँका २१ सामुदायिक विद्यालयमध्ये १० विद्यालयका विद्यार्थीले फोहोर जम्मा गरेका हुन् । विद्यालय र घरलाई प्लाष्टिक मुक्त बनाउने उद्देश्यले पालिकाले फोहोर सङ्कलन अभियान अगाडि बढाएको हो । विद्यार्थीद्वारा सङकलित प्लाष्टिकजन्य फोहोर मैला व्यवस्थापन कार्यविधि २०८० निर्माण गरेर अभियान अघि बढाएको छ ।

पालिका अध्यक्ष घनश्याम सुबेदीले विद्यार्थीले जम्मा गरेको फोहोर विद्यालयमा ल्याएपछि पालिकाले प्रतिकेजी १० रुपियाँ प्रोत्साहन स्वरुप गाउँपालिकाले प्रदान गर्ने बताउनुभयो । यसको नियमन गर्न प्रत्येक विद्यालयमा पाँच सदस्यीय विद्यालय स्तरीय फाहोर मैला व्यवस्थापन समन्वय समिति गठन गरिएको सुवेदीले बताउनुभयो । पालिकालाई प्लाष्टिकजन्य फोहोरमुक्त बनाउन विद्यालयबाट अभियान सुरु गरिएको बताउँदै सुवेदीले पालिकाले प्रशोधन केन्द्र पोखरासम्म ढुवानीको व्यवस्थापन गर्ने बताउनुभयो । पुरस्कारस्वरुप विद्यार्थीले पाउने रकम गाउँपालिकाले निःशुल्क खोलेको बैंक खातामा जम्मा गर्ने बताइएको छ । सिद्धार्थ माविका प्रधानाध्यापक लक्ष्मण शर्माले फोहोर न्युनीकरणमा बिद्यार्थीलाई जोड्ने अभियान प्रशंसनीय रहेको बतााउनुभयो । प्लाष्टिकजन्य फोहोर सबैभन्दा धेरै वडा ५ को मैदान माबिका बिद्यार्थीले ३८४ केजी फोहोर जम्मा गरेको छ । सिदार्थ माबिले १५२ केजी जम्मा गरेको शिक्षा तथा खेलकुद शाखा प्रमुख रामचन्द्र गुरुङले बताउनुभयो ।

कार्यक्रम लागू भएसँगै यहाँका विद्यार्थीले आफ्नो घरबाट निस्किने प्लाष्टिकजन्य फाहोर गाउँपालिकाले उपलब्ध गराएको बोरामा संकलन गरेका छन् । यहाँ हरेक छ महिनाको अन्तरमा पालिकामा फोहोर जम्मा गरने गरिएको छ । बिद्यार्थीलाई प्रोत्साहन स्वरुप बर्षमा एक पटक खातामा केही रकम पठाइने गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...