भारतको खाद्य प्रशोधन कारखानामा आगलागी हुँदा तीनको मृत्यु, छ जना घाइते

Published on

काठमाडौं । भारतको उत्तरी दिल्लीको नरेला औद्योगिक क्षेत्रमा रहेको खाद्य प्रशोधन कारखानामा शनिबार बिहान आगलागी हुँदा तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको दिल्ली प्रहरीले जनाएको छ ।

प्रहरीलाई घटनाको बारेमा पीसीआर कलबाट सूचना प्राप्त भए पछि प्रहरी कर्मचारीहरू फूड्स लिमिटेडमा पुग्दा आगो लागिरहेको प्रहरीले जनाएको छ । घटना हुँदा नौ जना कारखाना भित्र रहेको जनाईएको छ । उनीहरूको उद्धार पछि तत्कालै नरेलाको एसएचआरसी अस्पतालमा लगिएकोमा घाइते मध्ये तिन जनालाई अस्पतालले मृत घोषित गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ग्यास बर्नरमा कच्चा मुग भर्ने क्रममा ग्यासको एउटा पाइपलाइनमा ग्यास चुहिएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आगो फैलिदा कम्प्रेसर अत्यधिक तताएको परिणामस्वरूप विस्फोट भएको थियो । मृत्यु हुनेहरुमा श्याम , राम सिंह र बीरपा रहेको पुष्टि भएको छ । घाइते मध्ये पुष्पेन्द्र आकाश , मोहितकुमार , रवि कुमार, मोनु र लालु रहेका छन् । घटनासँग उपयुक्त धारा अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । रासस\एएनआई

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...