निर्माण व्यवसायी सम्पर्कविहीन

Published on

काठमाडौं । धान फल्ने खेतमा ढुङ्गा थुपारेर निर्माण व्यवसायी (ठेकेदार) सम्पर्कविहीन भएका छन् । सिगास गाउँपालिका जाने मूल सडक सुधार गर्न एक करोड रुपियाँको ठेक्का हात पारेका ठेकेदार फरार भएका हुन् । सडक सुधारका नाममा खेतमा ढुङ्गा फालेर ठेकेदार सम्पर्कविहीन भएको स्थानीयले बताएका छन् । सिगास–३, सिन्याखेतबाट गाउँपालिका केन्द्र गर्जे जाने २१ किलोमिटर सडक सुधार गर्न एक करोड रुपियाँमा ठेक्का लगाइएको थियो । ठेकेदारले सडक सुधारको काम अधुरै छाडेर उल्टै स्थानीयको खेतमा ढुङ्गा फालेर सम्पर्कविहीन भएको स्थानीय घनश्याम धामीले बताउनुभयो । यस विषयमा पालिकालाई कुनै जानकारी नआएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताउनुभयो । “सम्झौता अनुसारको काम गर्न ठेकेदारलाई पत्राचार गरेका छौँ,” प्रशासकीय अधिकृत अवस्थीले भन्नुभयो, “सम्झौता अनुसारको काम नगरे ठेक्का तोडेर धरौटी जफत गर्ने प्रक्रियामा जान्छौँ ।”

केन्द्र पुग्न छ घण्टाको यात्रा

सिगास गाउँपालिका जोड्न करिब छ वर्षअघि निर्माण सुरु भएको सिन्याखेत–गर्जे सडकमा यातायातका साधन चल्दैनन् । ठाडो गरेर काटिएको सडक सुधार गर्न गाउँपालिकाले बजेट विनियोजित गरे पनि सवारीसाधन चलाउन जोखिम भएको जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले बताउनुभयो । सो पालिकाको स्थानीय बासिन्दासमेत रहेका समन्वय प्रमुख धामीले आफ्नै गाउँको विकासे योजना अलपत्र परेका कारण प्रमुख जिल्ला अधिकारीसहित सडक अनुगमन गरिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले स्थानीय तहले निर्माण गरेका सडक मापदण्ड अनुसार नबनेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहले मापदण्ड अनुसार सडक निर्माण गर्नुपर्छ । त्यसका लागि सडक विभाग जस्ता आधिकारिक निकायसँग समन्वय जरुरी छ ।” “सवारीसाधन नै चलाउन नमिल्ने सडक निर्माण गर्नु भनेको राज्य कोषको दुरुपयोग गर्नु हो,” प्रजिअ शर्माले भन्नुभयो, “एकातिर गाडी चलेको छैन, अर्कोतिर स्थानीयवासीका खेत मासिएका छन् । यस्तो सडक खनेर के फाइदा भयो रु जिल्लाका १० वटा स्थानीय तहले जथाभाबी सडक खन्दा खानेपानीका मुहान सुकेको समितिका प्रमुख धामीले बताउनुभयो । अव्यवस्थित सडक निर्माणकै कारण बाढीपहिरोको जोखिम बढेको भनाइ उहाँको छ । स्थानीय तहले खनेका सडक बर्खाले बगाउने गरेको छ । हिउँदका केही महिनाबाहेक ग्रामीण क्षेत्रमा बर्खामा गाडी चल्दैनन् । बर्खा सकिएपछि पुनः चिरा परेको सडक सफा गर्ने भन्दै स्थानीय तहले लाखौँ रुपियाँ खर्च गरेको गुनासो सर्वसाधारणको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...