राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि जग्गा ल्याउन पहल

Published on

काठमाडौं । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आवश्यक जग्गा ल्याउन पहल थालिएको छ । प्रतिष्ठानले एमविविएसको कार्यक्रम सञ्चालन गर्ने तयारी स्वरुप आवश्यक जग्गा ल्याउनका लागि पहल थालेको हो ।

घोराही उपमहानगरपालिका–१८ नवलपुरमा रहेको जग्गा प्रतिष्ठानको नाममा ल्याउनका लागि पहल भइरहेको प्रतिष्ठानका रजिष्ट्रार श्याम लम्सालले जानकारी दिनुभएको छ । विगत ७ वर्षदेखि प्रयास भएपनि काम सफल हुन नसकेको भन्दै प्रतिष्ठानका रजिष्ट्रा लम्सालले यस पटक जग्गा ल्याउने गरि काम भइरहेको जानकारी दिनुभएको छ । जग्गा प्राप्तका लागि जिल्ला प्रशासन कार्यालय दाङसहित विभिन्न सरकारी निकायसंगको समन्वय र सहयोगमा छलफल प्रक्रिया अघि भएको बताउनुभयो । उहाँले भन्नुभयो, अहिले प्रतिष्ठानको भौतिक संरचनामा एमविविएस पढाइका लागि काम लाग्ने भएकाले एमविविएस पढ्ने बिद्यार्थी र प्राध्यापकहरुलाई आवासको सुविधाका थप जग्गा आवश्यक रहेकाले जग्गाको व्यवस्थापन गर्ने काम भइरहेको छ । जग्गा प्राप्तका लागि छलफलसँगै नवलपुरमा रहेको साढे ५ विगाहा जग्गाको वातावरणीय प्रभाव मुल्याङ्कन गर्ने काम भइरहेको बताउनुभएको छ । प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले प्रतिष्ठानको नाममा आवश्यक प्रक्रिया पुरा गरेर उक्त जग्गा ल्याउन सकिए जिल्लामा स्वास्थ्य तथा शैक्षिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताउनुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...