अवैध रूपमा ढुवानी गर्दै गरेको शालिग्राम नियन्त्रण

Published on

काठमाडौं । मुस्ताङबाट अवैध तवरले चोरी निकासी गर्न लागिएको झन्डै तीन हजार चार सय वटा शालिग्राम प्रहरीले नियन्त्रणमा लिएको छ । मुस्ताङ प्रहरीले तीन हजार ३७९ वटा शालिग्राम बरामद गरेको हो ।

शालिग्रामको उद्गमस्थलका रूपमा लिइने दामोदरकुण्ड क्षेत्रबाटै सङ्कलन गरेर ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक (डिएसपी) भोजराज पाण्डेयले शालिग्राम लोघेकर दामोदरकुण्ड गाउँपालिका–१, चराङबाट गाडीमा लोड गरेर लैजाँदै गरेको भन्ने सुराकीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “चराङदेखि जोमसोमतर्फ शालिग्राम लैजाँदै छन् भन्ने सूचनाका आधारमा प्रहरी चौकी घमीले शालिग्राम बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ पाण्डेयले जिपमा राखेर जोमसोमतर्फ लैजाँदै गरेको अवस्थामा शालिग्राम बरामद गरिएको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय मुस्ताङले बरामद शालिग्राम आवश्यक कारबाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमलाई बुझाएको प्रनाउको भनाइ छ ।

एक्याप जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले अवैध रूपमा व्यावसायिक प्रयोजनका लागि लैजान लागिएको आशङ्का गरिएको उक्त शालिग्राम कसको हो भन्ने खुल्न नसकेको बताउनुभयो । शालिग्राम आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जोमसोमबाट एक्यापको प्रधान कार्यालय पोखरामा पठाइएको उहाँले जानकारी दिनुभयो । मुस्ताङमा यति ठुलो सङ्ख्यामा शालिग्राम बरामद भएको पहिलो घटना हुन सक्ने अनुमान गरिएको छ । कुनै पनि सामग्री अन्यत्र लैजान छोडपुर्जी चाहिने भए पनि शालिग्रामलाई बिक्रीवितरण तथा ओसारपसार गर्न पाइने कानुनी व्यवस्था नरहेको एक्याप जोमसोमका प्रमुख रेग्मीले जानकारी दिनुभयो । सामान्यतः एकरदुई वटा कसैले घरमा पूजा गर्न लैजाने गरे पनि व्यावसायिक तथा अन्य प्रयोजनका लागि लैजाने कुनै कानुनी आधार नभएकाले यसबारे आवश्यक कारबाहीका लागि केन्द्रीय कार्यालय पठाइएको उहाँको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...