नेपाल र श्रीलङ्काबिचको खेल वर्षाले रद्ध, नेपालको सुपर आठ सम्भावना कायम

Published on

काठमाडौं । आइसिसी टी(२० विश्वकप अन्तर्गत नेपाल र श्रीलङ्काबिचको खेल वर्षाका कारण रद्ध भएको छ ।

फ्लोरिडास्थित ब्रोवार्ड काउन्टी स्टेडियममा बुधबार बिहानका लागि तय भएको खेल लगातार भारी वर्षाका कारण रद्ध भएको हो । खेल रद्ध भएसँगै नेपाल र श्रीलङ्काले एक एक अङ्क बाँडेका छन् । नेपालसँगको खेल रद्ध भएसँगै सन् २०१४ को विजेता श्रीलङ्का जारी विश्वकपबाट बाहिरिएको छ । यस नतिजाले समूहमा पहिलो अङ्क बनाएको नेपालको सुपर आठमा पुग्ने सम्भावना कायम छ । समूह ‘डी’ मा अहिले लगातार तीन जित निकालेको दक्षिण अफ्रिका सुपर आठमा पुगिसकेको छ । अब नेपाल, नेदरल्यान्ड्स र बङ्गलादेशमध्ये एक टोलीले सुपर आठमा स्थान बनाउनेछ । नेपालले अब समूहको तेस्रो खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा अन्तिम खेल खेल्नेछ । नेपाल समूहको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।

खेल रद्ध भएपछि नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले नेपाललाई एक अङ्कभन्दा पनि खेल खेल्न पाउनु जरुरी रहेको बताउनुभयो । ‘‘हामी खेलेरै दुई अङ्क ल्याउन उत्साहित थियौँ । तर वर्षा वाधक भएपछि त्यो सम्भव भएन । अब सेन्ट भिन्सेन्टमा हामी राम्रो गर्नेछौँ । त्यहाँको पिट स्पिन बलिङलाई सहयोगी हुनेछ । सन्दीप लामिछानेको आगमनले पनि टोलीको स्पिनर आक्रमण बलियो हुनेछ,’’ मोन्टीले भन्नुभयो । यस्तै श्रीलङ्काका बलर महेश तिक्षणाले हामीले अघिल्ला दुई खेलमा राम्रो गर्न नसक्दा विश्वकपबाट बाहिरिन परेको बताउनुभयो । ‘‘आज खेल भएन । मौसम हाम्रो नियन्त्रणबाट बाहिर थिएन । तर श्रीलङ्काले यस विश्वकपबाट धेरै सुधार गर्नुपर्ने अवस्था देखिएको छ,’’ तिक्षणाले भन्नुभयो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...