भारतसँग श्रीलङ्काको सक्रिय सहकार्य

Published on

काठमाडौँ । श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमसिङ्घेले सौर्य तथा पवन ऊर्जामा, हरित हाइड्रोजन प्राप्ति जस्ता विभिन्न क्षेत्रमा भारतसँग सक्रिय रूपमा सहकार्य गरिरहेको बताउनुभएको छ । उहाँले श्रीलङ्काले उद्योगको प्रतिस्पर्धात्मक क्षमता सुधारका लागि आवश्यक कोषको सुविधा दिने विकास बैङ्क स्थापना गर्न पनि खोजिरहेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय उद्योग एक्सपो २०२४ को बुधबार आयोजित उद्घाटनलाई सम्बोधन गर्दै राष्ट्रपति विक्रमासिङ्घेले साना र मध्यम स्तरका उद्यमीहरूलाई सहयोग गर्न इन्टरप्राइजेज श्रीलङ्का नामक नयाँ इकाई स्थापना गर्ने योजना रहेको बताउनुभयो । श्रीलङ्काका राष्ट्रपतिले प्रधानमन्त्री नरेन्द्र मोदीसँग यी पहलहरूबारे छलफल गरिसकेको उल्लेख गर्नुभयो । “हामी यी योजनामा भारतसँग सक्रिय रूपमा सहकार्य गरिरहेका छौँ । मैले प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा छलफल गरिसकेको छु र भोलि भारतीय विदेशमन्त्रीसँग थप छलफल हुने अपेक्षा गरेको छु,” उहाँले भन्नुभयो । अडानी कम्पनीले श्रीलङ्कामा आफ्नो काम सुरु गरेको उहाँले बताउनुभयो । यसबाहेक, भारतका विदेश मन्त्री एस जयशङ्करले जुन २० मा श्रीलङ्काको आधिकारिक भ्रमण गर्ने तयारी गरिएको विदेश मन्त्रालयले बुधबार जनाएको छ ।

आफ्नो भ्रमणको क्रममा भारतीय विदेशमन्त्रीले दुई देशबिचको साझेदारीका विस्तृत मुद्दाहरूमा श्रीलङ्काका नेतृत्वसँग बैठक गर्नुहुनेछ । “प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि विदेशमन्त्रीको यो पहिलो द्विपक्षीय भ्रमण हुनेछ,” भारतीय विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत बताएको छ । “विदेशमन्त्री जयशङ्करको भ्रमणले आफ्नो सबैभन्दा नजिकको समुद्री छिमेकी र समय–परीक्षित मित्रको रूपमा भारतको निरन्तर प्रतिबद्धतालाई रेखाङ्कित गर्दछ,” विज्ञप्तिमा भनिएको छ । रासस/एएफपी

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...