श्री एयरलाइन्सको काठमाडौँ-भरतपुर परीक्षण उडान

Published on

काठमाडौ । श्री एयरलाइन्सले आज काठमाडौँ(भरतपुर परीक्षण उडान सम्पन्न गरेको छ । भरतपुर विमानस्थलमा जहाज अवतरण भएपछि उडान दललाई स्वागत गरिएको थियो । श्री एयरलाइन्सको ड्यास एट क्यू ४०० जहाजको परीक्षण उडान गरिएको हो । एयरलाइन्सका अध्यक्ष सुधीर मित्तलसहितको टोली परीक्षण उडानबाट विमानस्थल झरेसँगै उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायतले उहाँहरूलाई स्वागत गर्नुभएको थियो । अध्यक्ष मित्तलले ८० जना यात्रु बोक्न सक्ने क्षमताको जहाज सहज अवतरण भएको जनाउँदै नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएसँगै नियमित उडान गर्न सकिने बताउनुभयो ।

उडान थालेसँगै अहिलेको भाडा दरभन्दा केही कममा उडान गर्न सकिने उहाँले जानकारी दिनुभयो । अहिले बुद्ध एयरले मात्र दैनिक भरतपुरबाट काठमाडौँ र पोखरा उडान गर्दै आएको छ । एकतर्फी भाडा चार हजार सात सयभन्दा माथि छ । यो विमानस्थलको धावनमार्ग एक हजार दुई सय मिटर मात्र लामो छ । धावनमार्ग कम भएकाले क्षमताभन्दा केही कम यात्रु उडाउन सकिने उहाँले जानकारी दिनुभयो । भरतपुरबाट काठमाडौँ उडान भर्दा ५५ जना र काठमाडौँबाट आउँदा ७० जनासम्म उडान गर्न सकिने अनुमान उहाँको छ । जहाजको सहज अवतरणपछि गृहमन्त्री लामिछानेले यसले यहाँको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले आफू अन्त्यमा आएर जोडिएको भन्दै सुरुआतदेखि निरन्तर लागि रहनुभएका महानगरपालिका प्रमुख दाहाललगायत सबैलाई धन्यवाद दिनुभयो । पर्यटनमन्त्री तामाङले महानगरपालिकाको प्रमुखको निरन्तर सात वर्षको मेहनत, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहल, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको चाहनाका कारणले चितवनवासीले सोचेको भन्दा छिटो विमानस्थल स्तरोन्नति र विस्तारको काम हुन लागेको बताउनुभयो । उहाँले काम नरोकिने जनाउँदै यथाशक्य छिटो विमानस्थल विस्तारको काम सम्पन्न हुने बताउनुभयो । महानगर प्रमुख दाहालले आफू पहिलो पटक प्रमुख भएपछि पहिलो कार्यपालिकाको बैठकबाट यो विषयलाई निर्णय गरेर निरन्तर लागेको जनाउँदै सबैलाई धन्यवाद दिनुभयो । उहाँले विमानस्थल विस्तारसँगै कम भाडादरमा यात्रुले हवाईयात्रा गर्न पाउने भन्दै श्रीएयर यहाँ आएर यात्रुलाई सहज हुने बताउनुभयो । यसले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उहाँको भनाइ थियो ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई।प्रदीप अधिकारीले यथाशक्य छिटो श्रीएयरलाई भरतपुर उडानका लागि अनुमति दिइने बताउनुभयो । आउँदो जनवरीसम्ममा विमानस्थल विस्तारको काम थाल्ने जनाउँदै उहाँले यससँगै चौबीसै घण्टा जहाज चलाउन सकिने उहाँले बताउनुभयो । रासस

spot_img

ताजा समाचार

देवानगञ्ज हिंसा छानबिन टोली विराटनगर पुग्यो, घाइतेसँग बयान संकलन

सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको छानबिन गर्न गठित गृह मन्त्रालयको टोली सोमबार राति...

सिद्धबाबा सुरूङमार्ग निर्माणले गति लियो, कात्तिकभित्र सञ्चालन गर्ने तयारी

निर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको काम ७० प्रतिशत सम्पन्न भएको छ। आयोजनाका अनुसार वित्तीय प्रगति...

सुर्खेतमा एलपी ग्यास अभावले उपभोक्ता सास्तीमा

सुर्खेतमा पछिल्लो एक सातादेखि खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि उपभोक्ताले घण्टौँदेखि दिनौँसम्म लाइन...

प्रश्न सोध्ने व्यक्तिलाई रास्वपा सांसद केपी खनालको धम्की

कैलालीको लम्कीचुहा अस्पतालको समस्याबारे छलफलका क्रममा रास्वपा सांसद केपी खनालले एक प्रश्नकर्तालाई धम्कीपूर्ण अभिव्यक्ति...