फेवातालमा डुबेर एकको मृत्यु

Published on

काठमाडौं । फेवातालमा माछा मार्ने क्रममा डुबेर बुधबार दिउँसो एक जनाको ज्यान गएको छ । कास्कीको पोखरा महानगरपालिका –१८ खपौदी फेवातालमा माछा मार्ने क्रममा डुबेर ३३ वर्षीय सुकबहादुर मगरको मृत्यु भएको हो ।

दिउँसो साढे ४ बजेतिर तालमा डुब्नुभएका मगरलाई वडा प्रहरी कार्यालय बैदाम, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सवा ५ बजे उद्धार गरेको थियो । मगरलाई उद्धार गरी पश्चिम क्षेत्रीय अस्पतालमा पठाइएकोमा सवा ६ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिनुभयो । बागलुङ घर भए पनि मगर पोखरा १८ खपौदीमा बस्दै आउनुभएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...