पर्यटन क्षेत्रको विकासले मधेश सम्पन्न हुन्छ : मुख्यमन्त्री सिंह

Published on

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशको पर्यटन क्षेत्रको विकास भएमा समग्र प्रदेशको विकासमा कायापलट हुने धारणा राख्नुभएको छ । पर्यटन विकास कार्यालय वीरगञ्जले आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रिया एवं संवाद कार्यक्रममा मुख्यमन्त्री सिंहले पर्यटन क्षेत्रको विकास भएमा मधेश प्रदेशको आर्थिक तथा सामाजिक रूपमा कायापलट नै हुने धारणा राख्नुभयो । मधेश प्रदेशलाई आर्थिक समुन्नतिमा लैजाने मुख्य आधारको रूपमा पर्यटन क्षेत्र रहेको बताउँदै उहाँले भन्नुभयो, ‘‘मधेश प्रदेशलाई माथि उकास्ने भनेको नै पर्यटन क्षेत्रले हो, मधेश प्रदेश सरकारको एकल प्रयासले मात्र मधेशमा पर्यटनको विकास गर्न सम्भव छैन, त्यसैले सरोकारवाला सबै निकायले हातेमालो गरी अघि बढ्न जरुरी छ । छिमेकी राष्ट्र भारतबाट भित्रिने धार्मिक पर्यटक सुविधा सम्पन्न बस्ने र खाने ठाउँ नहुँदा पूजा गरेर सोही दिन फर्किने गरेको बताउँदै मुख्यमन्त्री सिंहले निजी क्षेत्रले आवश्यक पूर्वाधार निर्माण गर्न सके उनीहरूले चाहेजस्तो बस्ने र खाने व्यवस्था भएमा धार्मिक पर्यटकको पूजा गरेर सोही दिन फर्कन सक्ने वातावरण बन्ने बताउनुभयो ।

प्रदेशको पश्चिममा पर्ने पर्सा राष्ट्रिय निकुञ्जलाई सौराहासँग जोडेर अनि पूर्वको कोशी टप्पु लक्षित गरी पर्यटक तान्न सकियो र पर्यटकलाई टिकाउन सकियो भने त्यसैगरी स्थानीय उत्पादनलाई प्रयोग गर्न सकियो भने मधेश प्रदेश नै आर्थिक समुन्नतिमा जाने विचार उहाँले व्यक्त गर्नुभयो । आवश्यकता र चाहना असीमित तर प्रदेश सरकारको बजेट सीमित भएकाले प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्र हातेमालो गरेर पर्यटन क्षेत्रको विकासमा अघि बढ्नु पर्ने, सार्वजनिक निजी साझेदारी मोडलमा पर्यटन क्षेत्रको विकास गरिनुपर्ने जनाउँदै मुख्यमन्त्री सिंहले डिजिटल पोर्टलमा मधेसका पर्यटकीय क्षेत्रको बारेमा सम्पूर्ण जानकारी राखिने बताउनुभयो । प्रदेशका उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराईले घुमौँ मधेश बुझौँ मधेश भन्ने नारासाथ आर्थिक वर्ष २०८२ लाई भिजिट मधेश वर्षका रूपमा मनाउने तयारी गरिएको कार्यक्रममा जानकारी दिनुभयो । भारतीय पर्यटक आवागमनमा प्रहरीको चेकजाँचको समस्या, भारतीय मुद्रा लिएर हिँड्दा हुने समस्या सुल्झाउन सङ्घ सरकारसँग समन्वय भइरहेको मन्त्री भट्टराईले कार्यक्रममा बताउनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य जर्नादनसिंह क्षेत्री, श्याम पटेल, रहबर अन्सारी, मधेस विश्व विद्यालयका उपकुलपति दीपक शाक्य, होटल तथा पर्यटन व्यवसायी सङ्घ मधेशका अध्यक्ष मोहन शर्मा, पर्साको ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ, महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादव लगायतले मधेश प्रदेशमा पर्यटकीय सम्भावना र चुनौती बारेमा आफ्नो धारणा राख्नुभएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...